साझा नेटवर्क
काठमाडौं, जेष्ठ ३० ।
लोकप्रिय नायिका करिश्मा मानन्धर यतिबेला आर्थिक क्रान्तिको उद्घोष गर्दै राजनीतिमा होमिएकी छिन । नेता बाबुराम भट्टराईको नेतृत्वमा घोषणा गरिएको नया शक्ति नेपालका सचिवालय सदस्य हुन् मानन्धर ।
त्यसो त उनले आज कार्यक्रम संचालन गर्ने जिम्मा पाएकी थिईन । तर रिल लाइफमा अलोकप्रिय यी नायिका रियल लाइफमा भने नराम्रो संह चिप्लिएकी छन् । ठूलो भिड र औपचारिक कार्यक्रम भएकाले उनले प्रष्ट बोल्न सकिरहेकी थिइन् ।

उनले उत्साहित दर्शक/कार्यकर्ताहरुलाई निराश पारिन । कार्यक्रममा मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीको नाम गलत उच्चारण गरिन । उनले कार्यक्रममा शुभकामना दिन उपस्थित भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई “डा प्रदीप भट्टराई” भनेर मञ्चमा बोलाइन् ।
करिश्माले प्रदीप गिरीको नाम शुद्धसँग उच्चारण गर्न नजानेपछि प्रदीपले मञ्चबाटै करिश्मालाई ‘उद्घोषक सुन्दरी’को संज्ञा दिएका थिए । प्रदीप गिरीले अगाडि भने, ‘उद्घोषक सुन्दरीले भने जस्तो म भट्टराई वा डाक्टर कोही पनि होइन । मेरो परिचय यत्ति नै हो । अगामी वक्ताको नाम पहिल्यै पढ्नुस् आउँदा हडवढाएर ठेस नलागोस्” ।
प्रदीप गिरीले आलोचना गरेपछि करिश्माले भनिन्, ‘म अलि छिटो बोल्ने गरेकी छु, त्यही भएर गल्ती हुने गरेको छ । अबदेखि म सुध्रिने प्रयास गर्ने छु, सर । करिश्माले धेरै पटक गल्ती गरिन । उद्घोषका क्रममा प्रधानमन्त्रीलाई प्रधानमन्त्री नभनी सिधै ‘केपीजी’ साढे तीन बजे आउँदै हुनुहुन्छ भनेर सभालाई जानकारी दिईन् ।
उनले ब्राजिलका राजदुतलाई हर एक्सेलेन्सी मात्र भनिन् नाम भन्ने बेलामा उच्चारण गर्न सकिनन् भने एम्बासडर भन्ने विर्सिन् । करिश्माले मञ्चमा कराते प्रस्तुत गर्न बोलाउँदा पनि भन्न विराइन् भने उनीहरुको कार्यक्रम प्रस्तुतीपछि बोल्न हड्बडाउँदै भनिन्- भाइहरुको उत्तेजना देखेर म…।
त्यस्तै भुटानबाट आएको सुभकामना पत्र पढेर सुनाउदा पनि उनलाई शब्दहरु उच्चारण गर्न गाह्रो भयो । उनले एउटै शब्दलाई पटक पटक प्रयास गर्दा पनि सफल हुन् सकिनन् ।साथै प्रधानमन्त्री के पी शर्मा ओलीले सम्बोधन गरेपछि उनले प्रधानमन्त्रीलाई अंग्रेजी मै धन्यवाद दिईन् । त्यस बेला पनि उनको अंग्रेजी निक्कै आलोचित बन्यो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend