श्री स्वस्थानी व्रत कथा सुन्नुहोस

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रत कथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

व्रतको नियम

व्रतालुहरू हरेक दिन विहानै देखि हात खुट्टाको नङ काटेर स्नान गरी व्रत बस्ने गर्दछन् । व्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेर श्री स्वस्थानी व्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति गौरीघाट, गुहेश्वरी, सतीदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर मेला पनि लाग्ने गर्दछ।

श्री स्वस्थानी व्रत कथाका सम्पूर्ण भाग सुन्नुहोस। 


श्री स्वस्थानी व्रत कथा – भाग : १-२-३

श्री स्वस्थानी व्रत कथा – भाग : ४-५-६

श्री स्वस्थानी व्रत कथा – भाग : ७-८-९

श्री स्वस्थानी व्रत कथा – भाग : १०-११-१२ 

श्री स्वस्थानी व्रत कथा – भाग : १३-१४-१५

श्री स्वस्थानी व्रत कथा – भाग :१६,१७,१८

श्री स्वस्थानी व्रत कथा – भाग :१९,२०,२१

श्री स्वस्थानी व्रत कथा – भाग : २२,२३,२४

श्री स्वस्थानी व्रत कथा – भाग : २५,२६,२७

श्री स्वस्थानी व्रत कथा – भाग : २८,२९,३०,३१