आईसिसि अध्यक्षको नेतृत्वमा जापानको तीनै क्षेत्रमा बिशेष कार्यक्रम गरिने
March 14, 2019 मा प्रकाशित

साझा नेटवर्क टोकियो फागुन ३० ।
गैरआवासीय नेपाली संघको अभियान र संयुक्त लगानीको अवसर भन्ने मुल नाराको साथ जापानको तिनै क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न गरिने भएको छ । लगानीको अवसरको विषयमा गैरआवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्टको नेतृत्वमा क्रमश: आईसिसि महासचिव डा.बद्रि केसी,प्रवक्ता भुषण घिमिरे,युवा संयोजक सुदन थापा,एशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा,उपसंयोजक पारसमणि पोखरेल,आईसिसि सदस्य संगै एनसिसि जापान का अध्यक्ष टासि वाङदी लामाको सहभागितामा जापानका ३ वटै शहरमा यहि मार्च १५ तारिकबाट १७ तारिक सम्म आयोजना गरिने विशेष कार्यक्रमको तयारी पुरा भएको एनसिसि जापानका महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रमहरु क्रमश:२०१९ मार्च १५ तारिक सिजुओका बिहान १२:३० बजे बाट २:३० बजे सम्म,आईसेरुमा २१ तारिखमा हुने जानकारी सिजोओका क्षेत्रीय समितिका संयोजक माधव उप्रेतीले जानकारी दिनुभयो । नागोयामा आयोजना हुने कार्यक्रम भने साँझ ५ बजे बाट ८ बजे सम्म WINC AICHI HALL मा हुने नागोया क्षेत्रीय समितिका संयोजक दिपक केसिले जानकारी दिनुभएको छ । टोकियोमा भने मार्च १७ तारिक आइतबार दिउँसो २ बजे देखि ६ बजेसम्म सिनओकुबो रोधी घरमा आयोजना हुने जानकारी एनआरएनए जापानले दिईएको छ।

गैरआवासीय नेपाली संघका बिभिन्न गतिविधि र नीति- कार्ययोजना बारे जानकारी गराउनुका साथै एनआरएनए आईसिसि द्वारा एनआरएनएका बारेमा प्रशिक्षण समेत दिने कार्यक्रम तय भएको वताइएको छ । सोही अवसरमा २१ मेघावाटको म्याग्दी ठुलो खोलाको हाईड्रोपावर र अन्य क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानीको अवसरका विषयमा पनि जानकारी गराइने एनसिसि अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनुभयो।कार्यक्रममा आइसिसि अध्यक्ष भवन भट्ट, महासचिव डा. बद्री केसी, युरोप संयोजक शिव बरुवालका साथै जापानमा रहनुभएका आइसिसिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहनेछ । कार्यक्रमको लागि महासचिव डा. बद्रि केसि र युरोप संयोजक शिव बरुवाल १४ तारिक जापान आईपुग्नु हुने कार्यक्रम छ।

कार्यक्रमको तयारीको लागि सम्वन्धित क्षेत्रका संयोजकहरुलाई एनसिसि जापानले सर्कुलर गरिसकेको र कार्यक्रममा आफुलाई पायक पर्ने स्थानमा उपस्थितिको लागि सम्पुर्ण जापानवासी महानुभावहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार