बिप्लप कार्यकर्ता भेटिदैनन, जिल्ला ठप्प
March 14, 2019 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी फागुन ३०।
नेकपा माओवादी (बिप्लप)ले आव्हान गरेको नेपाल वन्दका कारण जिल्लाको जनजिवन प्रभावित बनेको छ । बन्दकर्ता भेटिदैनन् । बजार र बिद्यालय पुर्ण रुपमा बन्द रहेका छन् । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बसपार्कहरुमै रोकिएका छन् ।
सेवाग्राहिहरुको उपस्थिती न्यून छ । जसका कारण सरकारी कार्यालयहरु पनि सुनसान रहेका छन् । बिप्लपका कार्यकर्ता बजारमा नदेखिए पनि बन्दको प्रभाव रहेको छ । एसइई र बिद्यालयका बार्षिक परिक्षा नजिकै आएका बेला भैरहेको बन्दले बिद्यार्थीहरुको पढाई प्रभावित भइरहेको अभिभावकको गुनासो रहेको छ । ‘घरमा छोरा–छोरीले टेर्दैनन, बिद्यालय पटक–पटक बन्द भइरहेको छ,’रेसुङ्गा नगरपालिका ८ की सिता बस्नेतले भनिन,‘परिक्षाको मुखमा निकै मर्का परिरहेको छ ।

बिप्लप समुहलाई सरकारले राजनैतिक प्रतिबन्द लगाएसंगै भएको यो बन्दले कुनै क्षति नहोस भनेर जिल्लामा सुरक्षा व्यावस्था पनि कडा बनाइएको प्रजिअ यदुनाथ पौडेलले बताए । उनले सुरक्षाको दृष्टिले संवेदनशिल मानिएका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ति भइरहेको पौडेलले बताए । उनले आफु असुरक्षित र कुनै खतरा हुना साथ प्रहरीलाई खबर गर्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहानै बजार बन्द गराउँदै हिड्ने शंकास्पद चार जनालाई गिरफ्तार गरेको छ ।

एसपी दिपक कुमार बस्नेतले उनीहरु बिप्लपकै कार्यकर्ता वा अरु सर्वसाधारण हुन भन्ने बिषयमा अनुसन्धान भइरहेको बताए । उनीहरुले नेपाल बन्द सफल पारौ भन्दै बजारमा स्पिकर बजाउँदै हिडेको प्रहरीको आरोप छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार