भारतमा विरामीका कारण नेपालीको विचल्ली
March 12, 2019 मा प्रकाशित

देबेन्द्र केसी/साझा नेटवर्क, दिल्ली फागुन २८ ।
रुपन्देही जिल्लाको छपिया बस्ने सालीकराम गौतमका ३२ वर्षीय छोरा नारायण गौतम विगत लामो समयदेखि सुगरको विरामीबाट ग्रसित भइ हाल दुवै मृगौला फेल भएर मृत्यु सँग लडिरहेका छन ।

उनलाई मृगौला प्रत्यारोपणको लागि केहि आर्थिक सहयोग आवश्यक परेको छ । निजको २९ वर्षीय श्रीमती सिमा गौतमले आफ्नो मृगौला दीएर मृगौला प्रत्यारोपण सफल पार्नको निमित्त आफ्नो घर जग्गा जमिनलाई बैंकमा धितो राखेर भारतको चंडिगढ स्थित म्याक्स हस्पिटलमा उपचार गराई रहेकी छन् ।

निजको उपचारमा करिब १८ लाख खर्च भैसकेको र अझै कति खर्च लाग्ने हो भन्नेमा निस्चित छैन, श्रीमती बताउछिन । उनले भारत प्रवासमा रहने सम्पूर्ण प्रवासी नेपाली लगायत विभिन्न कल्याणकारी संघ संस्थाहरुलाई आर्थिक सहयोगका लागि अपिल गरेकी छन् ।

निज गौतमको उपचारमा भारत स्थित विभिन्न संघ सस्था र व्यक्तिद्वारा आर्थिक सहयोग हुदै आएको बताइएको छ । त्यस्तै प्रवासी नेपाली संघ भारतका नगर समिति जालंधरले पनि २५,५२० भारतीय रुपैयाँ आर्थिक सहयोग गरेको पंजाबबाट जिबन दोसंजले साझा नेटवर्कलाई जानकारी दिएका छन ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार