शाइन रेसुङ्गा र पूर्णीमा बैंक मर्ज भए नेपालकै सक्षम,सुदृढ र सवल बनाइने
March 11, 2019 मा प्रकाशित

साझा नेटवर्क, बुटवल फागुन २७ ।
बुटवलमा केन्द्रिय कार्यालय शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र पूर्णीमा विकास बैँक एक आपसमा मर्जमा जाने भएका छन् ।
केही समयको छलफल पश्चात दुई बैंकका बीचमा आज तिलोत्तमा नगरपालिकाको डाइभरटोल स्थित द एसआर होटलमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र पूर्णीमा विकास बैँकका अध्यक्ष सुरज उप्रेतिले हस्ताक्षर गर्नु भएको छ । त्यस्तै दुबै बैकका मर्जर कमिटीका संयोजक, सदस्यहरु तथा सञ्चालकहरुले रोहवरमा हस्ताक्षर गरेका छन ।
मर्जर पश्चात ‘शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड’ नाम रहने सहमती पत्रमा उल्लेख गरिएको छ । मर्जर पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको बिकास बैँक हुनेछ भने बैँकको केन्द्रिय कार्यालय बुटवलमा रहने छ ।

अहिले १० जिल्लामा कार्यक्षत्र रहेको शाइन रेसुङ्गा र ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णीमा बीच एकता भए सँगै थप कार्यक्षेत्र विस्तारका लागि सघाउ पुग्ने विश्वास बैँक संचालकहरुले लिएका छन् ।सहमति पत्रमा हस्ताक्षरका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै शाइन रेसुंगा डेभलपमेन्ट बैँकका अध्यक्ष श्रेष्ठले घरघरमा बैँकलाई विस्तार गरी आर्थिक समृद्धिमा टेवा पुर्याउने योजनाका साथ अघि बढ्ने बताउनु भयो। उहाँले दुवै बैक एक भए पछि दुइ प्लस दुइ चार नभइ पाँच हुने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै पूर्णिमा विकास बैँकका अध्यक्ष उप्रेतीले बैँकहरुको एकता आर्थिक यात्राको स्वभाविक पक्ष भएको बताउनु भयो। उनले एकताले नयाँ उर्जा थपेको समेत बताउनु भयो। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले मर्जर पश्चात बैकलाई राष्ट्रिय स्तरको सवल, सफल र सुदृढ विकास बैँकका रुपमा विकास गर्ने बताउनु भयो । उहाले अहिले प्रदेशका ५ जिल्लामा सबैभन्दा बढी शाखा भएको बैंक भएपनि अव धेरै जिल्लामा शाखा बिस्तार गर्ने योजना बद्द अगाडी बढने ईतिहास कायम गरी प्रदेश ५ का प्रत्येक घरमा बैकको पहुच पुर्याउने बताउनु भयो ।

१ अर्व ६२ करोड २६ लाख चुक्ता पूँजी रहेको शाइन र ५५ करोड १२ लाख चुक्ता पूँजी भएको पूर्णीमाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । शाइन रेसुङ्गा डेवलपमेन्ट बैंकका ४० शाखा छन् भने पूर्णमाका १२ वटा शाखा कार्यालय रहेका छन् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार