प्रदेश ५ को लुम्विनी नामाकरण गर्न ज्ञापनपत्र
March 10, 2019 मा प्रकाशित

साझा नेटवर्क, बुटवल फाल्गुन २६ ।
प्रदेश नम्बर ५ समन्वय परिषद कतारले प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । परिषदले प्रदेशको नामकरण गर्न ढिलाइ भएको र प्रदेशको नाम लुम्बिनी नै हुनुपर्ने माग सहित गत विहिबार मुख्य मन्त्रि पोखेरेललाई ज्ञापन पत्र बुझाएको हो ।

“हामी प्रदेशीको चाहाना समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मुल नाराका साथ स्थापित प्रदेश ५ समन्वय परिषद कतार प्रवासमा रहेर पनि आफ्नो देश र प्रदेशको चिन्ता गर्ने संस्था हो ।

देशका अन्य प्रदेशहरुको नामाकरण करिब करिब सकिएको भएतापनि आफ्नो प्रदेशको नाम राख्न ढिला भएको र छिटोभन्दा छिटो प्रदेशको लुम्बिनी नामाकरण गरीयोस भन्दै ज्ञापन-पत्रमा लेखिएको छ ।

पत्रमा आफ्नो मात्र नभएर समग्र देशले गौरव गर्न लायक विश्वले मानेका शान्तिका दुत गौतम वुद्दको जन्म स्थल लुम्बिनीलाई प्रदेशको नाम राखेर प्रदेशलाई विश्व सामु चिनाउन ढिला भएको र यथाशीघ्र नामकरण गर्नु पर्नेमा जोड दिएको छ ।

अध्यक्ष बुद्द पाण्डे र महासचिव डिल्लीराम भट्टराईद्वारा हस्ताक्षरित उक्त पत्र संस्थाका सल्लाहकार सदस्य क्रान्ती सिह साथमा रिपोटर्स क्लव प्रदेश ५ का अध्यक्ष राम कुमार क्षेत्रिको उपस्थितिमा प्रदेश प्रमुख माननीय मुख्य मन्त्री शंकर पोख्रेललाई उहाकै कार्यालयमा पुगेर बुझाइएको हो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार