वनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि कलाकारहरु कतार आईपुगे
March 7, 2019 मा प्रकाशित

साझा नेटवर्क, कतार ।
गुल्मी सेवा समाज कतारले आयोजना गरेको सातौं बनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि नेपाल देखि कलाकाहरु कतार आइपुगेका छन । लोक तथा दोहोरी गायक हरी खत्री र गायक तथा सर्जक गणेश अधिकारी बिहिबार बिहान कतार आइपुगेका हुन ।

समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिदै ८ मार्च २०१९ का दिन आयोजना गरेको सातौं बनभोज तथा साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट तथा प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक कुमार अविरल पन्थीले जानकारी दिनुभयो ।

साझा नेटवर्क सँगको छोटो कुराकानीका क्रममा नेपाल देखि आउनु भएका गायक द्वयले कार्यक्रममा उपस्थित सम्पूर्णलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताउदै कतारमा रहनुभएका सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेलीलाई उपास्थितिका लागि आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा अन्य कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।

कतारमा रहनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन । कार्यक्रममा सहभागीताका लागि पुरुषहरुलाई करी ४५ र महिलाहरुलाई करी ३५ को टिकट कायम गरिएको छ ।

कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको समेत व्यवस्था गरीएको छ । सनैया अलअत्तिया, दोहा तलवार गेट, मुन्ताजा पार्क बाट बिहान ८:३० बजे एकैसाथ गाडी छुट्ने भएका छन् । कतारको साहनिया स्थित अलदोसरी जु पार्कमा आयोजना गरीएको कार्यक्रम स्थानीय समय अनुसार बिहान ११ बजेबाट सुरु हुनेछ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार