सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै बाल गायिका लिजा लामा
March 6, 2019 मा प्रकाशित

साझा नेटवर्क, काठमाडौँ।
“मलाई नेपाली चेली भन्दा सुहाएकै छ” बोलको गितबाट सांगीतिक यात्रा सुरु गरेकी लिजा लामाले कलिलो उमेरमा गायन क्षेत्रमा सुरुवात क्रममा सबैको मन जित्न सफल भएकी छन्।
आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष भुषा तथा शान्तिको सन्देश दिँदै अगाडी बढ्दै छिन बाल गायिका लिजा लामा । सुदेशा बिद्यालय नख्खुमा कक्षा ७ मा अध्ययनरत  १३ वर्ष छात्रा हुन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी लिजाको प्रतिभाले  नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।
आधुनिक, लोक र पप गीतसम्म गाउन सक्ने लिजाले हालै “मलाई नेपाली चेली भन्दा सुहाएकै छ” नामक गितको म्युजिक भिडियो समेत बजारमा ल्याएकी छिन । सानै उमेरदेखि आफ्नै बिद्यालयमा संगीत सिक्दै अध्ययनमा लागेकी लिजा भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् ।आफू गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो बाबालाई दिने बाल गायिका लिजा लामा निर्माता निर्देशक बाबा राजु लामाको प्रेरणा बाट साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन् ।भर्खरै मात्र ब्यबसायिक संगीतमा प्रवेश गरेकी गायिका लिजाले गीतकार तथा संगीतकार दिपक रमणको नयाँ गित “मखमली चोली साह्रै टिम्मिकै भन्छन है मोरी क्या साह्रो गोरी” मा गित रेकर्ड गराएकी छिन l बाल गायिका लिजाको सांगीतिक भबिष्य उज्जवल देख्न सकिन्छ l उनि भन्छिन यसमा मेरो बुवा निर्माता निर्देशक राजु लामा र ममी लक्ष्मी खड्का लामाले पनि धेरै सहयोग गर्नुभयो र बाबाको साथ् र सहयोगले गर्दा नै उनीलाई अहिले अगाडी बढ्न सजिलो भएको कुरा बताउँछिन ।

उनी थप्छिन्, ‘गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागिपर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छ हुने उनि बताउछिन।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार