गुल्मी सेवा समाजको वनभोज तथा साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार आउने
February 26, 2019 मा प्रकाशित

साझा नेटवर्क, कतार फागुन १४।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि आगामी मार्च ८ तारिखका दिन आयोजना गरेको सातौं बनभोज तथा साँस्कृतिक कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ ।
कतारमा रहेका नेपालीहरु, बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाटको साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।

कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी गायक हरी खत्री र गायक तथा सर्जक गणेश अधिकारी कतार आउने भएका छन । साथै कतारमा रहेका गुल्मेली तथा अन्य कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।

लोक तथा दोहोरी गायिका बिष्णु खत्री, हास्यकलाकार (गुल्मेली माग्ने बूढा) सुरज बिसी, गायिका अमृता केसी, गायक दिपेन्द्र सुनार, डान्सर तथा मोडेल लक्ष्मी गीरी, लगायतका कलाकरहरुको विविध साँस्कृतिक प्रस्तुतिहरु रहने बताइएको छ ।

कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट तथा प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक कुमार अविरल पन्थीले जानकारी दिनुभयो ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि उक्त कार्यक्रमले निरन्तरता पाएको हो । कतारमा रहनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन । कार्यक्रममा सहभागीताका लागि पुरुषहरुलाई करी ४५ र महिलाहरुलाई करी ३५ को टिकट कायम गरिएको छ ।

कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको समेत व्यवस्था गरीएको छ । सनैया अलअत्तिया, दोहा तलवार गेट, मुन्ताजा पार्क बाट बिहान १० बजे एकैसाथ गाडी छुट्ने भएका छन् । कतारको साहनिया स्थित अलदोसरी जु पार्कमा आयोजना गरीएको कार्यक्रम स्थानीय समय अनुसार बिहान ११ बजेबाट सुरु हुनेछ।


हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार