तेस्रो हिमालयन गोल्डकपको तयारी पुरा
February 24, 2019 मा प्रकाशित

साझा नेटवर्क टोकियो फागुन १२ ।
‘फुटबल फर फ्रेण्डसिप’ भन्ने नाराका साथ फेब्रुवरी महिनाको २४ तारिकमा आयोजना गर्न लागिएको तेस्रो हिमालयन गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको बताइएको छ ।

हाइजिमा युथ क्लब र गल्कोट स्पोर्ट्स क्लव टोकियोको संयुक्त आयोजनामा जापानको टोकियोमा हुन गईरहेको यो प्रतियोगितामा ३१ टीमले सहभागिता जनाउने भएको आयोजकले जानकारी दिएको छ । नाम दर्ता गरेका सम्पुर्ण टीमका टीम क्याप्टेनको उपस्थितिमा १७ तारिक आईतबार सिनओकोवु स्थित रोयल गार्डेन रेष्टुरेण्टमा खेलतालिका प्रकाशन गरिएको संयोजक अखिल लामाले जानकारी दिए ।
जसअनुसार निम्न खेलतालिका रहेको छ बताइएको छ ।

बिगतका बर्षमा हाईजिमा युथ क्लवले एकल आयोजना गर्दै आईरहेको यो प्रतियोगिता यसपाली गल्कोट स्पोर्ट्स क्लव टोकियो पनि संयुक्त आयोजकका रुपमा रहने भएको छ।प्रतियोगिताको विजेता टोलीले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीका लागि २ लाख येन पुरस्कार तोकिएको छ साथै तेस्रो हुने टिमले पनि नगद १ लाख एन सहित ट्रफी हात प्राप्त गर्न सक्नेछ । यो प्रतियोगितालाई सम्पुर्ण नेपाली समुदायले बिशेष चासोको रुपमा लिएको पनि गल्कोट स्पोर्ट्स क्लव टोकियो का नविन निउरेले जानकारी दिए ।

प्रतियोगिता एक दिनमा नै सम्पन्न गर्नु पर्ने भएकोले खेल बिहान ठिक १० बजे बाट सुरु हुने हुँदा सम्पुर्ण टीमलाई बिहान ठिक ९:३० भित्र खेलस्थानमा उपस्थित भईदिन हाईजिमा युथ क्लबका महासचिव मनोज श्रेष्ठले आग्रह समेत गरेका छन् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार