भित्रियो नेपालमा आधुनिक प्रबिधि मार्फत सेनिटरी प्याड झर्ने मेसिन
February 20, 2019 मा प्रकाशित

अनिल खत्री, गुल्मी फागुन ८ ।
महिलाहरूको स्वाभाविक शारीरिक प्रक्रिया महिनावारीलाई आज पनि हाम्रो समाजले छुवाछुतको रूपमा लिन्छ । गाउँघरमा छाउगोठको चलन हराइसकेको छैन् ।
शहरमा छाउगोठभित्रै थुन्ने चलन नहोला, तर घरको निश्चित सीमामा बाँध्ने चलन यथावत् छ । यस्तोमा सबभन्दा बढी प्रभावित हुने ६, ७ कक्षाका नानीहरू हुन्छन् । जो पहिलोचोटि महिनावारी भएका हुन्छन् वा महिनावारीको सुरूआती चरणमा हुन्छन् । महिनाका ती चार–पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्छन् । यसले पढाइ त छुट्थ्यो नै, नियमित स्कुल आउने बानी पनि हट्दैं जान्छ ।

झट्ट सुन्दा यो सानो समस्या देखिन सक्छ । यस्तो त सबैलाई परेकै हो नि, के आकाश खस्यो र भन्ने लाग्न सक्छ? तर, यही सानो समस्यामा हाम्रा बालिकाहरूको दीर्घकालीन शारीरिक र मानसिक विकासको मुद्दा जोडिएको छ । गाउँको त कुरै छाडौं, राजधानीकै धेरै स्कुलमा बालिकाहरूलाई महिनावारीमा साथ दिने पूर्वाधार छैन् । न उनीहरूलाई मानसिक परामर्श दिइन्छ, न यो शारीरिक परिवर्तनसँग जोडिएको विज्ञान बुझाइन्छ । कुनै कुनै स्कुलले प्याड त दिन्छन, तर म्यामहरूसँग माग्नुपर्ने, अजै म्यामहरू पढाइराको फरक कक्षा खोज्दै, माग्नु पर्ने झन्झट छ । छात्राले महिनावारी को समयमा आफ्नो अध्ययन,कामलाइ निरन्तर दिन भरपर्दो सुरक्षित र स्वास्थयकर बिकल्प भनेको नै शेनिटरि प्याड हो ।

कस्तो हुन्छ प्याड झर्ने मेसिन ?

शेनिटरि प्याडको समयमै उपलब्धताले नै जोखिम हटाउने प्रमुख भुमिका खेल्दछ । स्मार्ट स्कुल को प्रारम्भ भइसकेको अवस्थामा नेपाल मै पहिलो पटक आधुनिक प्रबिधि मार्फत सेनिटरी प्याड झर्ने मेसिन उपलब्ध छ । यो मेसिनबाट महिनावारी भएको बेला प्याड निकालेर प्रयोग गर्न सकिन्छ । विद्यालयको एउटा कोठामा जडान गरिएको प्याड झर्ने मेसिनले गोपनीयता राख्छ। छात्राहरूले शिक्षिकालाई भेटेर प्याड मागिरहनु पर्दैन् । सँगसँगै, शिक्षिका र अन्य महिला कर्मचारी पनि लाभान्वित हुनछन । स्मार्ट कार्ड प्रयोग गरेर एटिमबाट पैसा झिके जस्तै गरी यो मेसिनबाट पनि प्याड झिक्न मिल्छ र आवश्यकता अनुसार प्याड निकाल्न मिल्ने स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लि का कार्यकारी निर्देशक सुरेश सेजवालले जानकारी दिए ।

कसरी उपलब्ध हुन्छ प्याड ?

यो स्वचालित सेनेटरी प्याड मेसिनभित्र एक पटकमा ५० प्याड राखिन्छ । एटिमबाट पैसा झिके जस्तै गरी यो मेसिनबाट पनि प्याड झिक्न मिल्छ । यसको लागि एउटा स्मार्ट कार्ड बनाईन्छ । जसमा पैसा हाल्नुपर्ने हुन्छ । र आवश्यकता अनुसार मेसिनभित्र कार्ड हालेर प्याड निकाल्न मिल्नेछ । यो मेसिन ३ प्रकारको हुन्छ । एउटा पैसा हालेर प्याड निकाल्ने, अर्को कार्डमा आफैं पैसा हाल्न सकिने र तेस्रो सिक्का हालेर निकाल्ने गरी तीन प्रकारको मेसिन रहेको छ ।

स्कूलहरुलाई लक्षित गरेर नेपालमा भित्र्याईएको यो मेसिनलाई सार्वजनिक स्थान, सरकारी कार्यालयहरु, नीजि क्षेत्रहरु तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि राख्नको लागि माग गरिरहेका छन् । यसको प्रयोगले महिनावारी हुँदा महिलाका समस्या समाधान हुनेछ ।

कहाँ पाइन्छ प्याड झर्ने मेसिन

स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लि ले नेपालमा पहिलो पटक स्वचालित सेनेटरी प्याड झर्ने मेसिन बिभिन्न विधालय तथा कलेजमा जडान गर्न थालेको छ ।अब महिनावारी हुँदा हुने समस्या समाधान हुन्छन् । महिनावारी भएको अबस्थामा बिना हिचकिचाहट स्वच्छ शेनटरी प्याडको पहुच प्रदान हुन गएमा महिलाहरुको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्दछ । सामाजिक कार्यमा प्रभावकारी सहभागितामा वृद्धि, छात्राको बिद्यालय र कलेजरुमा उपस्थिति बढाउनुको साथै सामाजिक उत्पीडनमा कमी,महिलामैत्रि वातावरण, प्रबिधिको प्रयोगले सरलता प्रधान गर्दछ ।

स्कूलहरुलाई लक्षित गरिएको यो मेसिनलाई सार्वजनिक स्थान, सरकारी कार्यालयहरु, नीजि क्षेत्रहरु तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि राख्नको लागि माग गरिरहेको स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लि का कार्यकारी निर्देशक सुरेश सेजवालको भनाई छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार