घोकन्ते र प्रमाणपत्र मुखी शिक्षाले देशलाई समृद्ध बनाउन सक्दैन : शिक्षामन्त्री पोख्रेल
February 20, 2019 मा प्रकाशित

सिता बि.क प्युठान फागुन ७ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराज पोख्रेलले शिक्षालाई श्रम संग,श्रमलाई सिप संग,सिपलाई उत्पादनसंग र उत्पादनलाई समृद्ध संग जोडन सक्यौ भने मात्र समृद्ध नेपाल,सुखी नेपाल बनाउने अभियानलाई सफल बनाउन सक्ने बताएका छन् । मंगलबार,बाल बिध्या माबी तथा कृषि कलेजको समुद्घघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले विद्यार्थीलाई गृहकार्य नदिने र गृहकार्य नजाँच्ने शिक्षक शिक्षिका नभएको बताए । शिक्षकले विद्यार्थीको भविश्य लाई अन्धकार नबनाउन उनले आग्रह गरे । प्युठानको शिक्षा लाई सुधार्न शिक्षक महासंघ प्युठानले नेपालको नयाँ व्यवस्था अनुरुप बनेको शिक्षा प्रणालीलाई आत्मसात गर्दै अगाडी वढन मन्त्री पोख्रेलले आग्रह गर्नुभयो । भबन उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो,‘स्तरीय शिक्षा स्वदेशमै पाइन्छ भने विदेश किन जाने ?’ शिक्षालाई समाजबादतर्फ जान शिक्षा शक्तिशाली माध्यम भएको उहाले बताउनुभयो । ‘समृद्ध राष्ट्र निर्माण गर्ने शिक्षा नै पहिलो आधार हो,’उहाले भन्नुभयो,‘यसको लागि शिक्षा गुणमा आधारित हुनुपर्छ ।’ अनुसन्धानमुलक र प्रविधिमैत्री शिक्षा बनाउन सके नेपाललाई शैक्षिक गन्तब्य बनाउन सकिने उहाले बताउनुभयो । अहिले घोकन्ते र प्रमाणपत्र मुखी शिक्षा भएको भन्दै यसलाई सुधार गर्न सबै मिल्नुको विकल्प नभएको मन्त्री पोखरेले बताउनुभयो ।

शिक्षकहरु कुन राजनीतिक दलमा आवद्ध छ,कुन ट्रेड युनियनको कुन तहमा छ त्यसले शिक्षकको परिभाषा नदिने र त्यो व्यक्ति शिक्षक बन्न पनि नसक्ने बताएका छन । शिक्षक कतिघण्टा विद्यालयको कक्षा कोठामा छ ,कसरी विद्यार्थिलाई परिवर्तन गर्न सक्यो,विद्यार्थीको अन्र्तनिहित प्रतिभा कसरी बुझ्यो, बुझायो त्यो मात्र अशल शिक्षक बन्ने उनले बताए । उनले भने,‘शिक्षकहरुको चेतना स्तरले विद्यार्थीको भविश्य कसरी बदल्छ कसरी परिवर्तन गर्छ मुख्य गरेर यसमा भरपर्छ । ’

शिक्षा बदल्न शिक्षक संगै अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने हुँदा अभिभावक पनि चनाखो भई आफ्ना कलिला बालबालिकाको ख्याल गर्न उनले आग्रह गरे । अबको शिक्षा प्रविधिमैत्री, व्यवसायीक मैत्री बन्नुपर्ने उनले बताए । उनले भने,‘धेरै अधिकार स्थानिय तहलाई छ , स्थानिय तहसंग सहकार्य गरि विद्यालयका पधादीकारी अगाडी वढनुपर्छ । ’

विद्यालय शिक्षकहरुको जागिर खाने थलो मात्र नभएर देश बनाउने ठाउँ भएकोले शैक्षिक सुधारको लागि शिक्षकहरु नै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन । उनले भने,‘स्कुल बालबालिकाको लागि असल र संसार भरी बिक्न सक्ने नागरिक बनाउने ठाउँ हो,। शिक्षकहरुले विद्यार्थिहरुमाथि खेलवाड गर्‍यो भने , राम्रो र दक्ष जनशक्ति उत्पादन नहुने भएकाले कलिला बालबालिकाको जीवनमाथि खेलवाड नगर्न समेत आग्रह गरेका छन । उनले भने,‘बालबालिका विग्रनु भनेको देश विग्रनु हो,त्यसैले नयाँ पुस्ताको ख्याल गरि शिक्षा सिकाईमा समेत समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताए । मन्त्री पोख्रेलले अहिले विद्यालयको नेतृत्व लिएका शिक्षकले स्कुल कलेज भनेको जागीर खाने ठाउँ हो भनेर समयको दुरुपयोग नगर्न आग्रह गरेका हुन ।

अबका विद्यार्थीले व्यावसायिक तथा गुणस्तरीय शिक्षा खोजेको मन्त्री पोख्रेलले बताए । उनले भने,‘विद्यार्थीलाई गुणस्तरीय शिक्षा नदिने शिक्षकको जिम्मेवारी लिनुहुदैन, विद्यालय पढाउन छाडनुपर्छ । ’ नयाँ पुस्ताका शिक्षकलाई ल्याई गुणस्तरीय शिक्षा दिने अवसर दिनुपर्ने उनले जानकारी गराए । शिक्षामा क्रान्ति र सुधार गरिएन भने हाम्रा बालबालिकाहरुलाई क्षमताको स्तरलाई अगाडी वढाईएन भने हाम्रो देश धेरै पछाडी पर्ने बताए । राजनीति भागवण्डामा शिक्षक नियुक्त भएका शिक्षकले पढाईमा गुणात्मक ल्याउन सकेका छैनन् ।

लामो प्रयास पछि हाम्रा छिमेकी देश अगाडी वढेका छन् उदाहरण छ्न अब नेपाल अगाडी वढाउने जिम्मा शिक्षकको पनि रहन्छ ,उनले भने,‘देशलाई समृद्ध बनाउन राजनीतिककर्मि संगै शिक्षकको जिम्मेवारी पनि महत्वपूर्ण हुन्छ ।’सरकारी कर्मचारीका छोराछोरी नीजि विद्यालयमा भर्ना गर्ने क्रम धेरै देखिन्छ । यो काम राम्रो हैन् उनले भने,‘सहकारी शिक्षा नीति बनाउन सरकारी कर्मचारीले पनि सहकारी विद्यालयमै बालबालिका पढाउनुपर्छ । ’आफु शिक्षा मन्त्री भईसकेपछि परम्परागत शिक्षा लाई हटाई १० वटा नयाँ शिक्षानीति बनाएको उनले जानकारी गराए ।

अहिलेसम्म ४७ जिल्ला साक्षर जिल्ला पुगेको भन्दै आउने वर्ष नेपाललाई साक्षर नेपाल बनाउने अभियानका साथ आफु अगाडी वढेको भन्दै मुलुक नयाँ ठाउँमा पुग्यो त्यसैले अब विद्यार्थीलाई पनि नयाँ ज्ञान सिकाउन आवश्यक रहेको बताए । लामो समय कलेजमा स्वबियु चुनाव नभएकोले अब छिट्टै यो आर्थिक वर्षमा स्ववियु चुनाव हुने समेत बताए । मन्त्री पोख्रेलले प्युठानको आएको अवसरमा बालविद्या माध्यामिक विद्यालय कृषि कलेज उद्घाटन र झिमरुक बहुमुखी क्याम्पसको नवौ वार्षिक उत्सव तथा नवनिर्मित भवनको पनि उद्घाटन मुक्ति माध्यामिक विद्यालय रातामाटा प्युठानको ६७ औँ वार्षिक उत्सव तथा विज्ञान भवन छात्रछात्राबास भवनको उद्घाटन समेत गरेका छन ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार