कतारमा पनि मनाइयो २४ औं जनयुद्ध दिवस
February 19, 2019 मा प्रकाशित

आशिक नेपाल, दोहा ।
प्रवासी नेपाली एकता मंच कतारले सनाया ग्राण्ड मलको नजिकमा २४ औ जनयुद्द दिवस कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । जनयुद्ध दिवस सगै प्रवासी नेपाली एकता मंच कतार छेत्रीय कमिटीको निर्माणगर्दै सम्पुर्ण प्रवासमा रहेका प्रगतिशील मजदुरहरुलाइ एक ठाँउमा एकीकृत हुन आह्वान गरेको छ।

ज्ञात अज्ञात शहिदहरू प्रति मौन धारण गरेर अगाडी बढाईएको कार्यक्रमलाई २४ औ जनयुद्द दिवसको अवसरमा २४ वटा मैनबत्ती बालेर दिप प्रज्वलन समेत गरिएको थियो ।

सम्पुर्ण दुबै संगठनका पुर्व अध्यक्षहरू सल्लाहकारहरू सम्पूर्ण केन्द्रीय जिम्मेवार कमरेडहरू बिभागिय जिम्मेवार कमरेडहरू सम्पूर्ण नगर तथा क्षेत्रीय समितिका जिम्मेवार कमरेडहरू मंचका संयोजक चनक पोखरेलको अध्यक्षता रहेको कार्यक्रमलाई राजु डुम्रे र रकमले संचालन गरेका थिए।

कार्यक्रममा ३० सदस्यीय सनाया क्षेत्रीय समिती र दोहा, अलतिया, अलखोर समेत संयोजकरहेका थिए। यसैगरी सदस्यहरू रहेका छन ।

नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई मंचका केन्द्रीय सदस्यहरु अफसर खाँन , अमित गौतम, नेत्र आचार्य,शेर बहादुर, होमनाथ शर्मा, रणबहादुर, नविराज खान, परवेज नवाज,सददाम हुसैन, कवि राज, गोपी केसी, गणेश प्रसाद, भवानी कन्देल, गोपाल गौतम, महिला सदस्य गोमा मगर लगायतले शुभकामना दिएका थिए।

वक्ताहरुले नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा प्रष्ट पार्नुका साथै आफ्नो जोश, जांगर र उत्साहलाई निरर्थक सनाया संगठनमा आबद्द भई राष्ट्र निर्माणका लागि सक्दो योगदान गर्न सबै आआफ्नो क्षेत्रबाट जिम्मेवारी बोध गरि एक ढिक्का हुदै अघि बढ्न प्रबासी नेपाली एकता मंच कतारमा आबद्द हुन समेत आग्रह गरेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार