ल्होछारमय बन्यो टोकियो,रोज मोक्तान सँगै झुमे ल्होछारप्रेमी
February 19, 2019 मा प्रकाशित

सजिना मोक्तान,टोकियो जापान फागुन ७ ।
तामाङ प्रथम चन्द्र महिनाको प्रथम दिन ख्रेला छेपा गी (माघ शुक्लपक्ष प्रतिपदा)मा पर्ने तामाङहरुको नयाँवर्ष उत्सव ल्होछार पर्व सदाको वर्षहरुमा झैँ यसपाली पनि जापानवासी तामाङहरुले खि ल्हो कुकुर वर्षलाई विदाई गर्दै २८५५ औँ फाग ल्हो सुङ्गुर बर्षको स्वागत गरी भव्यताका साथ मनाएका छन् ।
“सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो साँस्कृतिक अभियान,ताम्सालिङ प्रदेशको स्थापना,हाम्रो राजनीतिक अधिकार ” भन्ने मूल नारा सहित जापानमा विभिन्न पेशा,व्यवसाय गर्दै जीवनयापन गरिरहेका तामाङहरुको प्रतिनिधि संस्था नेपाल तामाङ समाज जापानको केन्द्रीय समितीको आयोजनामा ल्होछार साँस्कृतिक कार्यक्रम जापानको राजधानी टोकियो को मेगुरो कुमिन सेन्टरमा सम्पन्न भएको हो ।

कार्यक्रम अन्तराष्ट्रीय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख श्री टासी लामाको प्रमुख आतिथ्यता,नेपाल आदीवासी जनजाती महासंघ जापानका आध्यक्ष सुमन लिम्वुको विशिष्ट आतिथ्य र दोलखा समाज जापानका उपाअध्यक्ष एवं vocational school of center art का डाइरेक्टर तथा वृहत ल्होछार साँस्कृतिक कार्यक्रमका गोल्ड स्पोन्सर इन्द्र बहादुर खड्काको बिशेष आतिथ्यमा भएको हो । कार्यक्रमका अन्य अतिथीहरुमा नेपाल तामाङ समाज जापानका सल्लाहकार तथा वृहत ल्होछार साँस्कृतिक कार्यक्रमका सिल्भर स्पोन्सर एवं निक्को जापानिज भाषा स्कुलका प्रिन्सिपल हवल चन्द्र लामा,नेपाल तामाङ समाज जापानका सल्लाहकार कर्म वाङ्गेल लामा,नेपाल पत्रकार महासंघका जापानका अध्यक्ष मोहन घले,थकाली समाज जापानका अध्यक्ष बुद्दि गौचन,नेपाल ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली,नेपाल मगरसंघ जापानका अध्यक्ष रीत राना मगर,तमुधीँ जापानका अध्यक्ष अनिता गुरुङ,शेर्पा संघ जापानका अध्यक्ष छेवाङ जङ्वु लामा,किराँत याकथुङ चुम्लुङ जापानका अध्यक्ष बिजया सुब्बा लिम्बु ,समाजसेवी तथा सफल व्यवसायी ददिवल खड्का,समाजसेवी तथा लर्ड बुद्द नेपाली रेस्टुरेन्ट एण्ड हलाल फूड ओमोरीका महेश खड्का, समाजसेवी तथा सफल ब्यबसायी शिब हरि पौडेल,किराँत राइ यायोक्खा जापानका अध्यक्ष राज कुमार राइ,थारु समाज,जापानका अध्यक्ष कनाइ लाल चौधरी,थामी समाज, जापानका अध्यक्ष रेशम थामी,बाग्लुंग समाज जापानका अध्यक्ष सिदार्थ श्रेष्ठ,गुल्मी आँपचौर सेवासमिति जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, कानागावा नेपाली कम्युनिटी जापानका अध्यक्ष हरि सापकोटा,प्रबासी नेपाली मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ,जनप्रगतिशिल मन्च जापानका पूर्व अध्यक्ष वेलुकाजी थापा,एनआरएन आइसिसीका सदस्य ओम गुरुङ,एनआरएन जापानका भाइस प्रेसिडेन्ट शिव प्रसाद पौड्याल,दोलखा समाज जापानका अध्यक्ष नबराज थापा,काभ्रेली समाज जापानका अध्यक्ष समिर घिसिंङ,कलाकार संघ जापानका अध्यक्ष टाशी लामा,नमस्ते निहोन समूह जापानका अध्यक्ष गणेश कुमार खड्का,धादिङ समाज जापानका अध्यक्ष कृष्ण खनाल,संघिय समाजवादी फोरम जापानका अध्यक्ष पेम्बा शेर्पा अध्यक्ष,जनसम्पर्क समिति जापानका सभापति रोशन केशी,नेपाली प्रबासी मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ,रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ रहेका थिए ।

शुभकामना मन्तव्य राख्दै नेपाल आदीवासी जनजाती महासंघ जापानका अध्यक्ष सुमन लिम्वुले ल्होछारको एकदिने विदा कटौती गरेर राज्यले आदीवासी जनजाती माथी अन्याय गरेको वताउनुभयो । लिम्वुले तामाङ जातीहरुको एकता, भेष भूषा र पहिरनले हरेक तामाङ समुदायको पहिचान झल्केको भन्दै प्रसंशा समेत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथीको आसानवाट बोल्दै अन्तराष्ट्रीय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख श्री टासी लामाले ल्होछार तामाङ जातीको संस्कृति र नयाँवर्ष पर्व मात्र नभएर हरेक नेपालीको संस्कृति भएको र ल्होछारलाई राज्यले राष्ट्रिय पर्वहरुको सुचीमा सुचिकृत गरेर मान्यता प्राप्त पर्वभएकोले सवै नेपालीको पर्व भएको वताउनुभयो । ल्होछार एउटा चाड त हो तर राज्यको विभेदकारी निती र अन्यापूर्ण व्यवहारका कारणले चाडको रुपमा मनाउन सकिरहेको छैन उहाँले भन्नुभयो । आज हामी यहि चाड मार्फत् हाम्रा मागहरु राख्ने, हाम्रो एकता प्रदर्शन गर्ने, हाम्रो कुराहरु सरकारसंग राख्ने र एकतावद्ध भएर लड्ने आन्दोलनको रुपमा मनाउन वाध्य छौँ । तामाङ समुदायलाई अधिकार सम्पन्न गराएर ल्होछारलाई राष्ट्रिय पर्वको रुपमा मनाउने वातावरणको सिर्जना गर्न पनि राज्यसंग माग गर्नुभयो । यदि अन्याय र विभेद रहिरह्यो भने यो चाड एउटा आन्दोलनको रुपमा मान्दै आएका छौँ र अझ सशक्त रुपमा मनाउनेछौ लामाको भनाइ छ । कार्यक्रममा कार्यक्रम प्रयोजन गर्नुहुने सहयोगी दाताहरु गोल्ड स्पोन्सर दोलखा समाज जापानका उपाअध्यक्ष एवं vocational school of center art का डाइरेक्टर इन्द्र बहादुर खड्का, सिल्भर स्पोन्सर एवं निक्को जापानिज भाषा स्कुलका प्रिन्सिपल हवल चन्द्र लामा, भेटघाट नेपाली रेष्टुरेण्टका प्रोपाइटर ददिवल खड्का, VIP CHRLOTTE khabukicho, Shinjuku का ओनर पुजन लामा र किरण थापा मगर, FOREX जापानका सेल्स एण्ड मार्केटिंग म्यानेजर पन्चविर चौधरी, लर्ड बुद्द नेपाली रेस्टुरेन्ट एण्ड हलाल फूड ओमोरीका महेश खड्का, सानुकुमारी स्मृति प्रतिष्ठानका संरक्षक रुविना तामाङ, तेमाल गाउँपालिकाका स्थायी बासिन्दा हाल योकोहामा निवासी वुद्ध लामा दोङ, नेपाल तामाङ समाज जापानका उपाअध्यक्ष सरोज थिङ तामाङ लाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।भने कार्यक्रममा जापानमै रहेर स्थापित स्थानीय कलाकार कर्म दोङ, आर के स्याङतान, राजिव गोलेले गीत मार्फत् शुरेश तामाङ र प्रिती तितुङले नृत्य मार्फत् दर्शकलाई मनोरन्जन गराएका थिए । नेपालवाट आमान्त्रित राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा ख्याती प्राप्त सेलो गायक एवं अतिथी कलाकार रोज मोक्तानको प्रस्तुतिमा दर्शकदिर्घा जुर्मुराएर उठे र हुटिङ र कम्मर मर्काइसंगै मेगुरो ल्होछारमय वन्यो ।

अौपचारिक कार्यक्रम नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तानको सभापतित्व र महासचिव हिमाल लामा वाइवाको सन्चालनमा भएको थियो भने अनौपचारिक कार्यक्रमको संचालन सजिना मोक्तान र वलराम लामाले गरेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार