अन्तराष्ट्रिय महिला दिवसको अवसर मा पृथक कार्यक्रम को तयारीमा ‘टुडेज वुमन मिसेस नेपाल युके’
February 15, 2019 मा प्रकाशित

युके फागुन ३ ।

नेपालिहरु बैदेशिक रोजगारी र ब्यापारको लागि बिभिन्न मुलुकहरुमा जाने गर्दछन त्यो मध्ये प्रमुख गन्तब्यमा बेलायत पनि एक हो ।बेलायतमा नेपालि हरुको उल्लेख्य संख्या रहेको कुरा कसै बाट लुकेको छैन ।बेलायत मा बसोबास गर्दै आएका नेपालिहरु द्वारा बिभिन्न अवसरहरुम बिभिन्न कार्यक्रम हरु गरिदैं आएको पाइन्छ । ति कार्यक्रमहरु भन्दा अलि बेग्लै किसिमको कार्यक्रम गर्ने तयारी गरिरहेको छ । टुडेज वुमन मिसेस नेपाल युके 2018 ले ।

महिलाहरुलाइ घर दैलो र चुलो चौका मा मात्र सिमित नरहि आन्तरिक एवं बाह्र आत्मबल बढाउन , घर , चुलो र बच्चामा मात्र सिमित नरहि देश र समाजको लागी उदाहरिणिय एवं अनुकरणीय योगदान पुर्याउन सक्छन ।

 

यस्को लागी आन्तरिक रुपले तयार गर्ने अनि प्रदेशमा पनि आफ्नो कला , भाषा , संस्कृति को जगेर्ना एवं संबर्दन गर्ने मुल उदेश्य का साथ सुरु भएको  लन्डन फेसन हाउस  को ब्यानरमा मनिसा डंगोल श्रेस्ठ ( जो उक्त संस्था को निर्देशक पनि हुन)  मिसेस नेपाल युके द्दण्ज्ञड को दोश्रो संस्करण भब्यताका साथ सम्पन्न गरे पछि संस्थापक मनिसा डंगोल श्रेस्ठ को अध्यक्षता मा मिसेस नेपाल युके 2018 बिजेता बिनु लामिछाने र ब्युटी फर चेन्ज सुनिता श्रेस्ठको संयोजकत्व र अन्य सदस्यहरु द्वारा अलि फरक शैली मा अन्तरास्ट्रीय महिला दिवस मनाउने तयारिमा जुटेका छन ।

 

 

यो बर्स कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्न गराउनको लागी निरु कोइराला , बन्धना के सी , सबिता श्रेस्ठ थापा , सबु सेन्चुरि , सन्तोष कार्की , अन्सु बस्नेत , अमिका भन्डारी , स्वस्तिका लोहनि , मुना राउत , रिमा कंडेल र पुर्व इक्छुक टोलीको सकृय भुमिका रहने कुरा आयोजक समिति ले जानकारी गराएको छ ।

मार्च द्दघ मा हुने उक्त कार्यक्रमको मुल उदेश्य बिभिन्न छेत्रमा कृयाशिल महिलाहरुलाइ एक ठाउंमा लिएर अन्तर्कृया एवं बिभिन्न बौद्दिक कार्यक्रम गर्दै बिभिन्न बिधा र स्तर एवं तरिकाले समाजमा योगदान दिंदै आएका महिलाहरुको हौसला बढाउन को लागी कदर एवं सम्मान गर्दै अरुलाइ पनि यस प्रकारका कार्यमा अग्रसर गर्ने रहेको आयोजक ले जानकारी गराउनु भएको छ ।

कार्यक्रम मा सम्मान एवं कदर संग संगै मिसेस नेपाल युके को प्रस्तुति , केटवाक , अन्य प्रस्तुति , सांस्कृतिक कार्यक्रम संगै अरु धेरै कार्यक्रम ले दर्शक हरुलाइ पुर्ण मनोरन्जन दिने तयारि आयोजक टिमको रहेको कुरा आयोजक समिति ले जानकारी गराएको छ ।

कार्यक्रम स्थल :-

Harrow football club south harrow ,
Date -23 march 2019

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार