जनज्योती माविको हिरक महोत्सव सुरु, विभेदकारी शिक्षा नितिको अन्त्य हुने–मन्त्रि चौधरी
February 14, 2019 मा प्रकाशित

कमल पौडेल,गुल्मी फागुन २।
प्रदेश नं. ५ का भौतिक योजना तथा पूर्वाधार मन्त्रि बैजनाथ चौधरीले विभेदकारी शिक्षा नितिको अन्त्य हुने वताउनु भएको छ।
वुधवार जनज्योती मावि मुसिकोट नगरपालिका वडा नं. १ अरेवाको हिरक महोत्सव तथा श्रीमद्भागवत् धन धान्याञ्चल नवाह ज्ञान महायज्ञ २०७५ को उद्घाटन गर्दै मन्त्रि चौधरीले राज्यले समान शिक्षाको लागि आवश्यक निति तर्जुमा गरेको जानकारी गराउँदै कोहिपनि शिक्षाको अभावमा अध्यारो जिवन विताउनु नपर्ने वताउनु भएको हो। सरकार निर्माणको पहिलो वर्ष कानुन निर्माणमै वढि ध्यान दिनुपरेको भन्दै आर्थिक वर्षको अन्त्य सम्म १ सय १६ कानुन तथा ४० नयाँ विधेयक निर्माण गरिने जानकारी दिनुभएको छ।
पर्यटन मार्फत तिव्र गतिमा विकास गर्दै प्रदेश ५ लाई देशकै पहिलो विकसित प्रदेशको रुपमा विकास गर्ने योजना रहेको समेत वताउनु भएको छ। कार्यक्रममा विशेषाधिकार समितिका सभापति तथा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिक्षाले सिपको विकास र श्रमको सम्मान गर्न सक्ने हुनुपर्ने वताउनु भएको छ। कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विहान कलश यात्रा सहित सुरुभएको कार्यक्रममा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज जीले ले प्रवचन गरिरहनुभएको छ। कार्यक्रममा स्थानिय पञ्चैवाजा, झाँकी, भैलो लगाएतका साँस्कृतिक प्रस्तुतिहरु पनि प्रदर्शन गरिएको थियो। विद्यालयको सर्वाङ्गीण विकासको लागि आयोजना गरिएको महायज्ञवाट १ करोड वढि रकम संकलन हुने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभएको छ। ९ दिन सम्म चल्ने महायज्ञको पहिलो दिन सम्म ५५ लाख रकम वोल संकलन भएको छ।

उद्घाटन कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझिको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो। २०१६ सालमा स्थापना भएको विद्यालय २०४५/४६ सालमा निमावि तह तथा २०६६ साल देखि माध्यमिक तहमा संचालन हुँदै आएको छ।

विद्यालयमा प्रावि तहको ४ स्थायी दरवन्दि १ राहत र निमावि तहको ४ दरवन्दि रहेको छ। हाल विद्यालयमा १८ जना शिक्षक तथा २ सय ७५ जना विद्यार्थी रहेका छन्। हिरक महोत्सव तथा महायज्ञमा राशि अनुसारको सम्मान गरिने विद्यालयले जनाएको छ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार