प्युठान महोत्सवको तयारी अन्तिम चरणमा
February 12, 2019 मा प्रकाशित

राम बहादुर बिश्वकर्मा,प्युठान माघ २९ ।

आगामी फाल्गुन ३ गते बाट जिल्लाको बिजुवार स्थित झिमरुक नदि किनारमा सुरु हुन लागेको प्युठान महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । जुम्री बस पार्क निर्माण र सुबिधा सम्पन एम्बुलेन्स खरिद गर्ने उद्देश्यले प्युठानको बिजुवार स्थित खेलमैदानमा हुने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिका संयोजक सुमनराज श्रेष्ठले  जानकारी दिए ।
“कृषि पर्यटन उर्जा कला सस्कृती उद्योग र व्यापार समुन्नत प्युठान आर्थिक बिकासको मूल आधार” भन्ने मुल नाराका साथ जुम्री बस पार्क ब्यबस्थापन समितिले आयोजना गरेको महोत्सव फागुन १३ गते सम्म चल्ने छ । महोत्सवको नेपाल कम्युनिस्ट पार्टीका स्थाई कमीटिका सदस्य तथा युवा नेता मणि थापाले उद्धघाटन गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताए। महोत्सवमा २ सय बढी स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनको प्रदर्शनी, विभिन्न अटो कम्पनिका स्टल, विभिन्न खानाका परिकार, घरेलु तथा हस्तकलाका सामग्रीका प्रदर्शनी, सेवामूलक सस्थाका प्रदर्शनी कक्षहरु रहने बताइएको छ।

महोत्सव अवधीभर १ लाख २० हजार दर्शकले अबलोकन गर्ने र करिब दुई करोड रुपैयाँ बढिको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवमा बिशेष गरि प्युठान जिल्लाका स्थानिय कृषक ,उद्यमिले उत्पादन गरेका लघु उद्योग , अदुवा, मास, बोडि, गहत, पिँडालु, तरुल, मह, सुठो, अमृसोलागायतका सामानहरुको प्रबर्द्धनमा जोड दिईने र यस्ता उद्यमिका लागी स्टल निशुल्क उपलब्ध गराइने छ।
फरक उद्देश्यले सुरु गर्न लागिएको नेपालकै मध्यबिन्दुमा पहिलो पटक आयोजना गरिएको महोत्सवलाई सफल बनाउन आयोजकले सबैलाई आग्रह गरेको छ ।
महोत्सवबाट जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बिश्वास गरिएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार