सुदुरपस्चिमेली नेपाली समाजको बनभोज सम्पन्न
February 12, 2019 मा प्रकाशित

साझा नेटवर्क, दोहा ।
सुदुरपस्चिमेली नेपाली समाजले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार सम्पन्न सोहि कार्यक्रममा सुदुरपस्चिमेली नेपाली समाज कतारका कावा अध्यक्ष प्रेम चलाउने सभापति एवम सुप अन्तर्राष्ट्रिय समितीका अध्यक्ष धन ब बलायर प्रमुख अतिथि रहेका थिए । तेस्तै कतार समाजका संरक्षक नरेन्द्र भाट, वरिष्ठ सल्लाहकार महेस जोशी लगायत विशिष्ट अतिथि थिए भने सुदूरपश्चिमेलीहरुको बाक्लो उपस्तिथि रहेको थियो।

सो कार्यक्रमले कतारमा रहेका सुदुरपस्चिमेली माझ अझ प्रगाढ र भाइचाराको सम्बन्धमा विशेष भुमिका निर्बाह गर्ने तथा समाज सेवा र सामाजिक चेतनामा विश्व भरि छरिएर रहेका सुदुरपस्चिमेलीलाई एकताको सुत्रमा बाध्न सफल हुने जनाइएको छ ।

कार्यक्रममा सुदुरपस्चिमको भाकामा डेउडा खेल्दै अल दोसरी पार्कको रौनक नै रमाइलो भएको थियो । डेउडा कार्यक्रमले सुदुरपस्चिमेली मात्र नभएर नेपाली दाजुभाइ तथा दोसरी संचालक समितीले समेत प्रशंसा गरेको थियो ।

सुदुरपस्चिमेली नेपाली समाजले प्रत्येक बर्ष आयोजना गर्दै आएको बनभोज कार्यक्रमलाई निरन्तरता दिदै यो बर्ष पनि सो कार्यक्रम गरिएको र आगामी बर्षहरुमा पनि आयोजना गर्दै जाने भएको छ । जस्ले प्रवासीहरुको घर परिवार आफ्न्तसंग भएको महसुस गराउने र अर्काको देशमा पनि आफ्नो संस्कृति झल्काएर राष्ट्रकै गरिमा झलकाउने गर्दछ ।

कार्यक्रमका प्रमुख अथिती धन बहादुर बलायरले बोल्दै समाजले आगामी मार्च महिनामा सुदूरपश्चिमका बाजुरा, डोटि र डढेलधुरा जिल्लमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए । कार्यक्रम माहासचिब मनिष बटाला र सचिब मोहन रावतले सन्चालन गरेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार