जापानमा सोनाम ल्होछार कार्यक्रमको तयारी पूरा
February 11, 2019 मा प्रकाशित

सजिना मोक्तान, जापान माघ २८ ।
मन्जुश्री संवत २८५३ औँ फाग ल्हो सुङ्गुर वर्ष सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०१९ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
नेपालका विभिन्न ठाउँबाट आएर जापानमा आफ्नो पेशा व्यवसाय गर्दै आइरहेका तामाङ समुदायको प्रतिनिधी मुलक संस्था नेपाल तामाङ समाज जापान केन्द्रिय समितीको आयोजनामा हरेक वर्षहरुमा झैँ यसपटक पनि आफ्नो मौलिक पराम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथै राज्यको हरेक अङ्गमा समान सहभागिता जनाउन “सोनाम ल्होछारको प्रवर्दन हाम्रो साँस्कृतिक सरोकार,ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार “ भन्ने मुल नाराको साथ यहि फेब्रुअरी १७ तारेखका दिन जापानमा भब्य कार्यक्रमको आयोजना गर्न लागिएको हो । ल्होसार संस्कृति र पराम्परा मात्र नभएर राज्यले तामाङ समुदाय प्रति परापूर्खा कालदेखि गर्दै आएको दमन,शोषण अनि अत्याचार विरुद्धको एउटा चेतना र आवाज वुलन्द गरिने समय पनि हो । नेपाल तामाङ समाज जापानले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउदै आइरहेको छ ।

यही आउँदो फेव्रुवरी १७ तारिख आइतवार नेपाल अन्तराष्ट्रीय तामाङ अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख टासी लामाको प्रमुख अतिथ्यता र नेपालवाट आमन्त्रित राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त गायक रोज मोक्तान एवं स्थानीय कलाकारको भव्य प्रस्तुति रहने नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तानले जानकारी दिनुभयो ।

ल्होछार कार्यक्रम क्षेत्रीय समितीहरुको आयोजनामा जापानका विभिन्न शहरमा हुने वताएको छ । फेव्रुवरी १६ तारिख शानिवार किताकान्तो,फेव्रुवरी १७ तारिख आइतवार केन्द्रिय समितीको आयोजनामा टोकियो, फेव्रुवरी १९ तारिख मङ्गलवार च्युवु क्षेत्रीय समितीको आयोजनामा फूकोओकामा हुने र ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी सवै हिसावले पूरा भएको महासचिव हिमाल लामा वाइवाले वताउनुभयो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार