दाङ देउखुरी समाज कतारद्वारा जिल्लामा एम्वुलेन्स संचालन
February 11, 2019 मा प्रकाशित

कुमार अविरल, कतार माघ २७ ।
दाङ देउखुरी सेवा समाज दोहा कतारले आफ्नो स्थापना कालदेखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने  उदेश्यका साथ संस्थाले प्रवासमा पनि सबै समाजिक संस्थासँगग हातेमालो गर्दै विभिन्न समाजिक काम गर्दै आएको छ ।

दाङ देउखुरी सेवा समाज दोहा कतारको पुर्ण आर्थिक सहयोगमा रहेको दाङ्ग जिल्लाबाट रोजगारीका लागी कतारमा रहेका र यहाँको बसाईलाई विसर्जन गरि गएका संस्थाका आजिवन सदस्य तथा सदस्यहरुको समुह बनाएर दर्ता गरिएको जिल्लामा दाङ देउखुरी सेवा समाज संस्था घोराही दाङद्वारा संचालन गरिने एम्बुलेन्स सेवा माघ २६ गते सनिवारका दिन नेपाल पत्रकार महासंघ दाङको सभाहलमा बिधिबत रुपमा एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा एम्बुलेन्सको साइरन बजाएर उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन समारोह कार्यक्रममा दाङ देउखुरी सेवा समाज दाङ घोराही संस्थाका अध्यक्ष नुमाकान्त सुवेदीको सभापतित्व रहेको थियो । संस्थाका उपाध्यक्ष बलदेव बि कको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अन्य विशेष अतिथिमा दाङ देउखुरी समाज कतारका संस्थापक कोषाध्यक्ष तथा निवर्तमान प्रमुख सल्लाहकार सुर्य सुवेदी रहेका थिए ।

त्यस्तै अतिथिहरुमा संस्थापक प्रमुख सल्लाहकार अर्जुन खड्का, सल्लाहकार चन्द्र बहादुर नेपाली , पुर्व कोषाध्यक्ष युद्ध भुसाल, इश्वर जिसि, सुवास रजौरे, लबरु चौधरि लगायतका पदाधिकारीहरु दाङ देउखुरी सेवा समाज कतारका परिवारहरु र पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण कोषाध्यक्ष लीलामणि लामिछाने गर्नु भएको र सोही दिन दाङ्ग जिल्लाको प्रसिद्ध मन्दिर अम्बिकेश्वारी मन्दिरमा गाडिको पुजा पनि गरिको थियो । संस्थाले आर्थिक अभियानमा कार्यक्रम सल्लाहकार कमलमणि गुरागाईको संयोजकतत्वमा सुर्य सुवेदी, बसन्त राज पुरी, श्याम कुमार डागी, युद्ध भुसाल, लुमाकान्त पुन, गणेश प्रसाद बन्जाडे, अर्जुन खड्का र सोया दाहाल सहितको ९ सदस्यीय समिति गठन गरि दोहामा सहयोग संकलन अभियान सुरु गरेको थियो ।

संस्थाले एम्बुलेन्स अभियानमा जनाएको प्रतिबद्धता अनुसार केहि दिनमा छिटै एक भब्य कार्यक्रम आयोजना गरि सम्पुर्ण सहयोगी दाताहरूलाई सम्मान समेत गर्ने भएको छ ।

तन मन धन वचन दिएर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु दाताहरु समाजसेवी, व्यावसायिहरु समाजिक संघ संस्था बैचारिक संघ संस्था दोहा बासी नेपाली दाजुभाइ दिदिबहिनी साथै दाङ्ग बासी दाजुभाइ तथा दिदिबहिनीहरु सबैलाई हार्दिक आभार व्यक्त गर्दै आउँदा दिनहरूमा पनि समाजले गर्ने हरेक समाजिक मानवीय हित मूलका काममा सबैबाट सहयोगको अपेक्षा राखेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार