नेपाली एकता समाज कतार द्धारा महिला विभाग सदस्य इन्दीरा खनाललाइ आर्थिक सहयोग
February 9, 2019 मा प्रकाशित

उद्धव मगर, कतार माघ २६।
कतार नेपाली एकता समाजले कतारको हमाद मेडिकल Council rehabilitation section मा लामो समयदेखी उपचार गराई रहेकी इन्दिरा खनाललाई कतारी रियाल ५५११– (अक्षेरुपी पाँचहजार पाँचसय एघार) आर्थिक सहयोग गरेको छ ।
यस भेटभाट तथा आर्थिक संकलन हस्तानतरण कार्यक्रममा सहभागीहरु कतार नेपाली एकता समाजका अध्यक्ष, हेमन्त वाइवा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष, बलदेव राना, महासचिव खिम बुढा मगर, सचिव विष्णु थापा (क्षेत्री)कोषाध्यक्ष राम इन्दल थिङ्ग, खगेश्वर भूषाल,विमल सुवेदी हेमराज थापा, उद्धव मगरको उपस्थिती रहेको थियो ।

अबको केही दिनमै यस हस्पीटलबाट डिस्चार्ज गर्नुका साथै विरामीलाई नेपाल पठाउने भएकोले कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले अग्रीम शुभकामना र सु–स्वास्थ्यको कामना गर्नु भएको थियो ।

आफैमा साहसी र कतार नेपाली एकता समाजका महिला विभागका सकृय तथा जुझारु सदस्य भएकोले इन्दीरा खनालले यस दुखद अबस्थामा पनि आफ्नो आत्मबल कहीले कम्जोर नभएको वताउदै कतार नेपाली एकता समाज केन्द्रिय समितीका सिङ्गो टिम, यसै समाज मातहत रहेका विभिन्न इकाई एरिया तथा आम दाजु भाई तथा दिदी बहिनहरु कतारमा आएर थोरै पैसामा काम गर्न विवस हुँदा हुँदै पनि मेरो लागी भनेर जो जसले आफुले सकेको सहयोग गर्नु भयो उहाँहरु प्रति धेरै धेरै आभार प्रकट गर्दै सम्पूर्णलाई हृदयदेखी नै धन्यवाद दिनु भएको थियो ।

थप आफ्नो भनाई राख्दै इन्दिीराले भन्नु भयो जसरी म कतार बस्दा आफुले भ्याए सम्म संगठनलाई समय दिएको थिए त्यसरी नै नेपाल गईसकेपछी पनि संगठनमा निरन्तर लागी रहने वताउनु भयो अझ भन्ने हो भने अबको दिनहरुमा आम मलाई सहयोग गर्ने सहयोग कर्ताहरुलाई कतार नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनपनि आहन गर्दै फेरी पनि कतार नेपाली एकता समाजलाई आभार प्रकट गर्नु भएको थियो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार