सोलिडारिटी इन्टरनेशनलको बिश्व परिषद हेरफेर, प्रवक्तामा घिमिरे नियुक्त
February 9, 2019 मा प्रकाशित

काठमाडौं, माघ २५ ।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले बिश्वो परिषद पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार काठमाडौंमा बसेको बैठकले संस्थाको उपाध्यक्षमा नेपालबाट साफि खानलाई नियुक्त गरेको छ । खानको नेत्रित्वमा सोलिडारिटी इन्टरनेशनलले बिभिन्न शौक्षिक अभियानहरु सन्चालन गर्दै आइरहेको थियो ।

त्यसैगरी सचिबमा नेपालबाटै सागर सापकोटा, कोषाध्यक्षमा अष्ट्रेलियाबाट पूजा काफ्ले र संस्थाको प्रवक्तामा मलेसियाबाट अजनिश घिमिरेलाई नियुक्त गरेको जनाएको हो । सापकोटाले सोलिडारिटी इन्टरनेशनलको प्रेष काउन्सिल निर्देशको जिम्मेवारी सम्हाली सकेका छन ।

काफ्ले सोलिडारिटी इन्टरनेशनलको बिकास कार्यक्रमकी निर्देशक हुन भने घिमिरे सोलिडारिटी इन्टरनेशनलको ह्युमनिटेरियन एफियर्सको निर्देशक हुन । हाल संस्थामा अध्यक्षको नेत्रित्व युवा समाजसेवी राजेन्द्र गौतमले गरीरहेका छन ।

वरिष्ठ उपाध्यक्षमा अमेरिकाबाट केशव सुबेदी रहने जनाइएको छ भने महासचिवको जिम्मेवारी नेपालबाटै ओम खत्रीले सम्महाल्ने छन । २००८ मा स्थापना भएको सोलिडारिटी इन्टरनेशनलले प्रत्यक बर्ष एक हजार बालबालिकालाई शौक्षिक छात्रवृत्ति प्रदान गर्दै आइ रहेको छ ।

संस्थामा सात क्षत्रिय निर्देशक, दश कार्यक्रम निर्देशक, सात बिश्वो कार्यकारी सचिवालय पदाधीकारी सहित चौबिस जनाको बिश्वो परिषद पदाधिकारी रहने ब्यवस्था छ । त्यसैगरी बैठकले क्षत्रिय निर्देशक र कार्यक्रम निर्देशकको जिम्मेवारी पनि केही दिनमा टुङगो लगाउने जनाएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार