बुटवल-पाल्पा सिद्धबाबा क्षेत्रकाे सडक चार दिनसम्म बन्द रहने
February 8, 2019 मा प्रकाशित

बुटवल, माघ २५ ।
बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान खण्डको सडक चार दिनसम्म बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन भौगर्भिक सर्वेक्षणका लागि माघ २६ देखि २८ गतेसम्म दिनमा बिहान २ पटक र दिउँसो २ पटक गरी दैनिक चारपटक र २९ गते दिनमा पाँचपटक सडक बन्द हुने भएको हो ।

सडक विभाग कार्यालयका शाखा अधिकृत झविलाल भट्टराईका अनुसार माघ २६,२७ र २८ गते बिहान ९ देखि १० बजेसम्म र ११ बजेदेखि १२ बजेसम्म तथा दिउँसो २ बजेदेखि ३ बजेसम्म र ४ बजेदेखि ५ बजेसम्म सडकमा सवारी साधन चलाउन पाइने छैन ।

यस्तै २९ गते बिहान ९ बजेदेखि ९ : ३० सम्म, १० : ३० देखि ११ बजेसम्म, १२ बजेदेखि १२ : ३० सम्म तथा दिउसो २ : ३० देखि ३ बजेसम्म र ४ बजेदेखि ४ : ३०सम्म सडकमा सवारी साधन चल्न पाउने छैनन् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार