जनसम्पर्क समिति कतारको राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न
February 2, 2019 मा प्रकाशित

साझा नेटवर्क, दोहा ।
नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारले ४३ औ राष्ट्रिय मेलमिलाप दिवस भव्यरुपमा मनाएकोछ पुष १६ गते हमाद हस्पिटलको ब्लड डोनेट सेन्टरमा रक्तदान गरि सुरु गरेको मेलमिलाप दिवस हिजो शुक्रबार सहानियाको अल्दोसरी जु पार्कमा बनभोज तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

सहिद सप्ताहको अबसर पारेर समापन गरिएको उक्त कार्यक्रममा नेपाली जनतालाइ सार्बभौम सम्पन नागरिक बनाउन निरङ्कुस्ता र अधिनायकता विरुद्ध संघर्षको सुत्रपात गर्ने अमर शहीदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली सम्मान ब्यक्त गरिएको थियो ।

समितिका कार्यबाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक सभापति एवं कांग्रेस महासमिति सदस्य नरेन्द्र भाट रहेका थिए ।

समितिले हरेक बर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गरि राष्ट्रिय मेलमिलाप दिवस मनाउदै आईरहेको छ । नेपालको तत्कालीन अवस्था र दक्षिण एसियाको राजनीतिक सङ्कटको बेला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वर्देश फर्केको दिन १६ गतेलाई नेपाली कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउदै आइरहेको छ ।

यो कांग्रेसको मात्र नभई नेपालकै एतिहासिक दिन हो त्यसैले यस दिवसलाई राष्ट्रिय दिवसका रुपमा सबैले मनाउनु पर्ने जनसम्पर्क समिति कतारको धारणा रहेको कार्यक्रम संचालक एवं महामन्त्री अजिज अलिले बताए ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य बिमल सुवेदी, श्याम श्रेष्ठ संस्थापक कोषाध्यक्ष भूपति भट्टराइ कांग्रेस १३ औ महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह, धिरज चामलिंग राईले शुभकामना मन्तब्य राखेका थिए ।

समितिका सहमहामन्त्री केदार भुसालको स्वागत मन्तब्य राष्ट्रिय गान र मौन धारण गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा संस्थापक सदस्यहरु, सल्लाहकार, पुर्ब कार्यसमिति, इकाई कमिटिहरु र जनसम्पर्क समिति कतारमा आवद्ध क्रियाशील एवं सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो । अगुवा कार्यकर्ताहरुको भेला सहितको उक्त कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो धारणा राखेका थिए ।

दोहामा रहेका कांग्रेस प्रति निष्ठावानहरुको भेलाले भावी कार्य योजनाका साथै रणनीतिहरुमा नया उर्जा थपेको अधिकाम्सको भनाइ रहेको थियो । कार्यक्रममा रक्तदानमा सहभागीहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो भने कांग्रेसको क्रियाशील सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

जनसम्पर्क समिति कतार अधिवेशनको संघारमा रहेकाले बिगतमा खुल्ला रुपमा मनाउदै आइरहेको मेलमिलाप दिवस लाइ आन्तरिक रुपमा मनाइएको समितिका महामन्त्रीले साझा नेटवर्कलाई जानकारी दिए ।

नेपालको तत्कालीन अवस्था र दक्षिण एसियाको राजनीतिक सङ्कटको बेला राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी कोइराला स्वर्देश फर्केको दिन १६ गतेलाई नेपाली कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउदै आइरहेको छ l

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार