गुल्मी सेवा समाजद्वारा मृगौला पिडित खनाललाई आर्थिक सहयोग
January 30, 2019 मा प्रकाशित

कुमार “अविरल” पन्थी, कतार ।
गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले मृगौला पिडित टेकराज खनाललाई आर्थिक सहयोग गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ निवासी खनाललाई (१५,०००) पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

समाजका द्वितिय उपाध्यक्ष मित्र बीएसको पहल तथा समाजको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित रकम रेसुङ्गा नगरपालिका वार्ड ४ का अध्यक्ष विजय मरासिनी एवम् समाजसेवी तथा शिक्षक कृष्ण पाण्डे पिडित खनालको घरमा पुगेर हस्तान्तरण गरेका थिए । सहयोग रकम ग्रहण गर्दै खनालले गुल्मी सेवा समाज कतारलाई विशेष धन्यवाद दिदै सहयोग गर्नुहुने सबै प्रति आभारी रहेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष मरासिनीले गुल्मी सेवा समाज कतारले जिल्लामा विभिन्न समयमा पुराउदै आएको सहयोग प्रति कृतज्ञ रहेको बताउदै समाज तथा सहयोगी मनहरुलाई धन्यवाद दिए ।

खनालको घरको आर्थिक अवस्था निकै कमजोर रहेतापनि विभिन्न सस्था तथा सहयोग दाताहरुको आर्थिक सहयोगमा खराब भएको मृगौला प्रत्यारोपण गरिसकेका छन् ।

समाजले खनाललाई आर्थिक रकम हस्तान्तरण कार्यकममा उपस्थित भइ सहयोगी भूमिका खेलिदिनु भएकोमा वार्ड अध्यक्ष मरासिनी तथा शिक्षक पाण्डेलाई बिशेष धन्यवाद व्यक्त गरेको छ । मरासिनी तथा पाण्डे गुल्मी सेवा समाज कतारले संचालन गरेका विभिन्न सहयोग हस्तान्तरण कार्यक्रममा जिल्लाबाट सहयोगी भूमिका खेल्दै आइरहेका छन् ।

समाजले विभिन्न समयमा जिल्लामा भइ परी आउने समस्यामा आर्थिक सहयोग गर्दै आएको छ । समाजले जिल्लाका नगरपालिका तथा गाउपालिकाका विद्यालयहरुमा रहेका गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि चलाई रहेको छात्रवृत्ति अभियान पनि यतिबेला जिल्लामा वितरण गर्ने कार्य भइरहेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार