गुल्मीको अम्मरपुरमा चर्म रोग स्वास्थ्य शिविर
January 28, 2019 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी माघ १४ ।
इस्मा गाउँपालिकाको आयोजनामा चर्म रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । ६६ औ कुष्ठरोग दिवसको अवसरमा अम्मरपुर स्वास्थ्यचौकीमा चर्म रोग स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उदघाटन गरे ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख बिमला खत्री, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति रहेको थियो । शिविरमा एक सय २७ जनाको छालाको परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य सह-संयोजक गोकर्ण थापाले जानकारी दिए ।

जिल्ला अस्पताल तम्घासका डाक्टर बिशाल पन्थी, क्षय तथा कुष्ठरोग सुपरभाइजर शिशिर सिलवाल लगायतको टोलिले स्वास्थ्य परिक्षण गरेको थापाले जानकारी दिए । साथै शिविरमा कुष्ठरोगबाट अपांगता भएका दुई जनालाई ह्विलचियर, पाँच जनालाई बैशाखी, १९ जना जुत्ता र चश्मा वितरण गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

गाउँपालिकाले भर्खरै स्वास्थ्यचौकीहरुलाई अक्सिजन, स्टिचर तथा अन्य उपयोगी स्वास्थ्य सामग्री प्रदान गरेको थियो । साथै इस्मा रजस्थल स्वास्थ्यचौकी र अम्मरपुर स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन गरिएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार