नेकपा गुल्मीले वडा कमिटीलाई पूर्णता दिँदै
January 27, 2019 मा प्रकाशित

अनिल खत्री, गुल्मी माघ १३ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीले स्थानिय तहको पार्टी एकता एबं कमिटीलाई पूर्णता दिने काम सम्पन्न गरेको छ । जिल्लाका १२ वटै स्थानिय तहलाई पूर्णता दिने काम सम्पन्न गरे लगत्तै वडा तहमा पनि पार्टी एकिकरण तथा कमिटीलाई पूर्णता दिने जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न समिक्षात्म बैठकले जिल्लामा रहेका ९३ वटा वडामा पार्टी एकता सम्पन्न गर्ने निर्णय गरेको नेकपा गुल्मीका सचिव बुद्धि जिसीले बताए ।

वडा तहमा पार्टी कमिटी पूर्णता दिनको लागि माघ २० गते भित्र सम्पन्न गर्ने गरि कार्यक्रम बनाइएको सचिव जिसीले बताए ।

बैठकले माघ २० गते गुल्मी क्षेत्र नं. २ अन्र्तगतका पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधी,पार्टी नेता र माननिय मन्त्री गोकर्ण बिष्टको उपस्थितीमा १ दिने अन्तरक्रिया गर्ने निर्णय भएको नेकपा गुल्मीले जनाएको छ ।

बैठकमा जिल्लाका १२ वटा स्थानिय तहमा सम्पन्न कार्यक्रमहरुको बारेमा छलफल समिक्षा भएको सचिव जिसीले बताए । नेकपा गुल्मीले जिल्लाका २ नगरपालिका सहित १० गाउँपालिकामा पार्टी कमिटीलाई पूर्णता दिएको जनाएको छ । नगरपालिकामा ८१ सदस्यि र गाउँपालिकामा ७५ सदस्यि कमिटी निर्माण गरेको जनाएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार