गायक उर्गेन लामाको “फुलको माला”मा कुबेर र ज्योतिको रोमान्स
January 26, 2019 मा प्रकाशित

काठमाडौँ ।
गायक उर्गेन लामाको “फुलको माला” सार्बजनिक भएको छ । चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत म्युजिक भिडियोमा पुनरागमन भएका छन् ।

गायक उर्गेन लामाको नया गित “फुलको माला उनेर” को नया म्युजिक भिडियो मार्फत चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाईले भिडियोमा डेब्यु गरेकी छिन ।

गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् । लगभग दुइ दशक अघिदेखी साँगीतीक क्षेत्रमा लागेका उर्गेन लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् ।

केहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गीतको म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा छलांग मार्न पुनरागमन भएका छन् ।

काभ्रेको सुन्दर गाउ तेमालमा छायांकन गरिएको म्युजिक भिडियो दर्शक श्रॊताको रोजाइमा पर्दै गएको छ । शब्द संगीत तथा स्वर गायक उर्गेन लामाको नै रहेको यस म्युजिक भिडियोलाइ गायक आफैले निर्देशन गरेका छन् भने छायाँकार ह्यारी महर्जनले छायांकन गरेका छन् ।

भिडियो हेर्नुहोस ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार