कतारमा माघ्यासकराटी तथा वनभोज कार्यक्रम सम्पन्न
January 23, 2019 मा प्रकाशित

साझा नेटवर्क, कतार ।
नेपाल मगर संघ, शाखा कतारले मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिका सचिव तथा गायक संगीतकार डोलराज बारघरे मगरको प्रमुख आतिथ्यमा मिति २०१९ जनवरी १८ तारीख शुक्रबारको दिन समाल पब्लिक गार्डनमा करिव ११०० जनमानसको विशाल उपस्तिथिमा माघ्या सकराटी तथा विविध साँस्कृतिक कार्यक्रमका साथमा वनभोज सम्पन्न गरेको छ ।

“नेपाली कला तथा साँस्कृतीलाई संरक्षण र सम्बर्द्धन गरौं, मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी–२०१९ लाई भब्यताका साथ सफल पारौं” (नेपालीकुङ रोस रेवसके जिवाकिङ ड फोसाकिङ, मगरकुङ (बाङ्छ) मोहरेवेश “माघ्या सकराटी -२०७५“ के मज्जुङ्खाटा सेव खासिङ) नाराका साथमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिका सदस्य तथा चर्चित लोकदोहरी गायिका रन्जिता थापा मगर, पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारहरु देव बहादुर राना मगर, भिम तरामु मगर, एनआरएनए एनसिसिका द्वितिय उपाध्यक्ष सुर्दशन भट्ट र बैचारिक संघसंस्थाहरुका प्रतिनिधि विशेष अतिथि रहेका थिए ।

त्यस्तै नेपाल मगर संघ, शाखा कतारका सल्लाहकारहरु, विभिन्न धार्मिक तथा जातिय संघ संस्थाहरुका प्रमुख, प्रदेस, जिल्लावासी संस्थाहरुका प्रमुख, कला तथा साहित्य संस्थाहरु, समाजसेवी, बुद्धिजीवी तथा व्यवसायीहरु, पत्रकारहरु, मगर संघ कतार मातहतमा रहेका विभागिय एरिया समितीहरु अतिथि रहेका थिए ।

कार्यक्रममा मगर रित अनुसार पृतृको पुजा गरेर तरुलको टीका लगाएर सभापति, विशेष उपस्थिती बाङ, प्रमुख अतिथि, बिशेश अतिथिहरु, र अतिथिहरुबाट दिप बालेर कार्यक्रम सुरु गरिएको थियोे । कार्यक्रममा राष्ट्रिय गान, मगर गान च र प्रथम सहिद क्यापटेन लखन थापा मगर र अन्य ज्ञात अज्ञात प्रति सम्मान गर्दैृ एक मिनेट मौनधारणा गरिएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अभिमत पून मगर ले स्वागत मन्तव्यका साथै माघ्या सकराटी बारेमा जानकारी गराउनु भएको थियोे । औपचारिक कार्यक्रम मगर संघ कतारका महासचिव बिजय मगरले संचालन गरेका थिए।

कार्यक्रममा सफल बनाउनका लागि उपसंयोजक मन कुमार रोकिम मगर, सुचना प्रचारप्रसार बिजय मगर, आर्थिक केशव राना मगर, खाना तथा नस्ता अशोक आले मगर, यातायातमा रेसम आले मगर, साँस्कृतिक सानू पुलामी मगर, स्वयंसेवक केशब घर्ती मगर, अतिथि सत्कारका लागि खगी पुन मगर गरि ९ सदस्यीय उपसमिति गठन गरेको थियो ।

कार्यक्रममा कतारमा रहेका संघ संस्थाहरुको तर्फबाट एनआरएनए एनसिसि कतारका द्वितिय उपाध्यक्ष सुर्दशन भट्ट, नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रमुख अतिथि नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समिति काठमाडौंका सचिव डोलराज मगरले नेपालका मगरहरुले माघ महिना शुरु भएपछि घाम अलिक न्यानो हुन थाल्ने, हिउँ पग्लने, पात झरेर नाङ्गो बनेका डालीहरुमा मुना पलाउने संभावना बढ्ने, उराठलाग्दो कष्टकर हिउँद सकिएको र अर्को मौसम शुरुवात भएको आभाषमा हाम्रा पुर्खाहरुले हर्षित भएर खुशियाली मनाउन थालेको दिन महिना हुँदै वर्खा अनि हिउँद सकिएपछि फेरी अर्को वर्ष शुरु हुन सुरसार गर्दा पुर्खाहरुले ‘माघे संकराती’ लाई मगरहरु ‘सारल्हेस’ (नयाँ वर्ष) भनी मनाउन थालेको बताउनु भयो ।

उक्त दिन मरेका पुर्खाहरुलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वको रुपमा मानेका बताउनु हुँदै प्रवासमा बसेर पनि आफ्नो चाड पर्व र कला संस्कृती भेषभुषा भासा लाई बचाइ राखेको मगर संघ कतारलाई धन्यवाद दिदै उपस्तिथ सम्पुर्णलाई माघ्या सकराटीको शुभकामना ब्यक्त गर्नुभयो ।

मगरहरुको ऐतिहासिक दौडेर बाङ(राजा) छान्ने परम्परालाई मगर संघ,कतारले निरन्तरता दिदै आइरहेको छ । मगर संघ, कतारले माघ्या सकराटी—२०१९ को अवसर पारेर आयोजना गरेको माघ्या सकराटी–२०१९ कार्यक्रममा यस परम्परालाई निरन्तरता दिदै राखेको दौड प्रतियोगितामा केन्द्रिय समिति र एरिया समितिका कार्यसमितिका सदस्यहरुलाई पछि पार्दै साहानिया एरिया समितिका सदस्य मीन बहादुर घर्ती मगर २०१९/२०का लागि बाङ (राजा) हुन सफल हुनु भयो । त्येसैगरी मदर कदिम (एयरपोर्ट) एरिया समितिका हिम बहादुर सिन्जाली मगर द्धितिय हुनु भएको थियोे ।

कार्यक्रममा स्वागत गित र स्वागत नृत्यबाट शुरुवात गरिएको कार्यक्रममा मगरहरुको विविध साँस्कृतिक झल्काउने नृत्यहरु हुर्रा, कौरा, सालैजो, चुडका, टप्पा, लोक गीतमा संघको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्यहरुलाइ निर्देशन जनक थापा मगर र योगेन खम्चामगरले गर्नु भएको थियो ।

साँस्कृतिक संयोजक सानू पुलामी मगरले प्रस्तुतिहरु जिम्मेवार लिनु भएको थियो ।कार्यक्रममा गायक सोम थापा मगर, तारा थापा मगर र डिएन मगर, सुमधुर स्वरमा दर्शकहरुको मन जित्न सफल भए । नेपालबाट कार्यक्रम सफल बनाउन निम्ति आउनु भएका चर्चित लोकदोहरी गायिका रन्जिता थापा मगर र गायक तथा संगीतकार डोलराज बारघरे मगरले आफ्नो चर्चित सालैजो कौरा गितहरुलाई कार्यक्रममा प्रस्तुत गरेर उपस्थित जनमानसलाई नचाएका थिए । साँस्कृतिक कार्यक्रमको संचालन डिएन मगर र तिल बिक्रम मगरले संचालन गरेका थिए ।

कार्यक्रममा उपस्तिथि रहेका जनमानस सम्पुर्णलाई मनोरञ्जन दिने उद्देश्यले महिलाहरुका लागि म्युजिकल चियर र पुरुषहरुका लागि डोरी तान्ने खेल प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा म्युजिकल चियर तर्फ सहभागी बीस प्रतियोगीहरुलाई पछि पार्दै मन्जुश्री गुरुङ प्रथम हुनु भएको थियोे ।

त्यस्तै डोरि तान्ने प्रतियोगिता तर्फ ६ समूहलाई पछि पर्दै विशडम समुह प्रथम भएको थियो । बिजेताहरुलाई प्रमुख अतिथी, बिशिष्ट अतिथी र कार्यक्रमका सभापतिले पुरस्कार प्रदान गर्नु भयो । खेलकुद संयोजक संघका केन्द्रिय समिति सल्लाहकार खिम राना मगर हुनुहुन्थ्यो र सह-संयोजक संघका पुर्व खेलकुद संयोजक तथा सदस्य सुर्य थापा मगर हुनुहुन्थ्यो ।

कार्यक्रमका सभापति संघका अध्यक्ष शेर बहादुर रोका मगरले कार्यक्रममा उपास्थित भएका सम्पुर्णलाई साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिदै मगर संघ कतारले आफ्नो भेषभुषा, भाषालिपि, संस्कृतीलाई सधै संवर्द्धन र प्रवर्धन गर्दै अगाडी बढदै जाने बताउदै कार्यक्रमलाई समापन गर्नुभयो । औपचारिक कार्यक्रमको सहजीकरण संघका महासचिव विजय मगरले गर्नु भएको थियो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार