पुर्व प्रेमिकालाई भाउजू भनि बोलाउँदा
January 22, 2019 मा प्रकाशित

-सज्जन ढकाल ।
भनिन्छ मानव जिन्दगी एक सारथी हो । जहाँ अनेक प्रकारका हजारौं परिदृस्य संगै माया प्रेम ममता स्नेह प्यार र उत्प्रेरणाको स्रोत संगै एक उमेरले भरिदै आएको बैँस बिसाउने स्थल तथा आपसी समजदारी, एकतर्फि होस या जबरजस्ती विविध अन्य फरक पाटाहरु हुन । त्यो सबै वर्तमान प्रकृतिले रचना गरिदिएको श्रृष्टि सन्चालन गर्नको लागि नारी र पुरुषको अन्तर सम्बन्ध निकै मर्म स्पर्सी तथा अपरम्पार छ । त्यो अर्थमा सन्सार यसैमा निर्भर गरि अडिनुका साथै चलायमान भएको छ ।

लाग्छ मानव जिन्दगी सन्चालन र यापन गर्दै जिउनुका पनि फरक फरक पाटा र अनेक थरिका बाटाहरु हुने गर्दछन । त्यस्को रङ्ग र सप्तरङ्गी इन्द्रेणिको सुन्दर प्रकाशको किरणमा देखिने मायाको प्रतिबिम्बले पनि स्वर्गमा जस्तो सुखको अनुभूति गराएको हुन्छ । त्यो सबै हाम्रो धरातलको माया, प्रेम स्नेह प्यार यसैको प्रतिमुर्ती र परिधी हो।

दु:खद सुखद क्षण, जटिल परिस्थिति, त्यो सबै हर्ष आँसु र बिस्मातको पात्र पनि यहि नै हो । जहाँ निकै ठूलो संघर्ष संगै चीत्कार भुमिगत भएको हुन्छ । जस्ले अनेक समस्या माथी समाधान र धैर्यताको पाठ स्मरण गराउदै अगाडि बढ्न प्रेरित गर्नुका साथै सिकाइको पाठ उपलब्ध गराएको हुन्छ । व्यक्ती ज्ञानि होस या अज्ञानि बौद्धिक होस या महाकवि, मूर्ख कालिदास जस्ता सबैलाइ गन्तब्यको बाटोमा ल्याउने एक आपसको अन्तर सम्बन्ध र सामिप्यता मात्र हो ।

जब मानिस प्रकृतिको चक्र र नियम अनुसार यस पृथ्वीमा जन्मिन्छ अनेक प्रकारका समस्या रोदन माथी आमाको प्यारो काख, माया, परिवारिक जमघटमा हुर्किदै जान्छ । सिगान खादै नाङ्गो शरीर, खाली खुट्टा दिशा पिसाव संग खेल्दै बाल्यवस्था पार गर्नु स्वभाविक नै हो । यो चरण पार नगरी जो कोहि पनि यश पृथ्वीमा रहदैन यो वास्तविक यथार्थ हो । बिगत देखि वर्तमानसम्मका सबै परिघटना आम जनमानसले भुल्ने प्रयास गरेर मात्र हो ।

पक्कै पनि त्यति बेलाको स्मरण शक्तिको अभावले गर्दा होला । सस्कारले सस्कृती अङ्गालेको हुन्छ । आचरणले व्यवहार झल्काएको हुन्छ । ब्यवहारिक जिन्दगिले मानिसलाइ धेरै कुराको अनुभव संगै नयाँ पाठ सिकाएको हुन्छ । प्रकृतिले पृथ्वीको सृष्टिलाई निरन्तरता दिएको हुन्छ ।

यसैको सहयात्री बन्दै मानिस यसैको बन्धनमा बाधिदै अनुयायी भएको हुन्छ । त्यसैले जन्म पश्चात् अनिवार्य मृत्युको कडा कानुनी नियमलाइ कसैले तोडन सक्दैनन । त्यसैले भनिन्छ माया र प्रेम अन्धा हुन्छन । यस्को कुनै मापदण्ड र तराजु हुदैन त्यो भावमा झल्किन्छ जस्लाइ दृश्यगत गराउन सकिँदैन ।

म गुल्मी जिल्लाको सुदुरपस्चिम भागमा अवस्थित भुर्तुङ छापचौरमा जन्मिएको मान्छे। मेरो बुवा सरकारी फाटको उच्च तहमा कार्यरत कर्मचारी, मेरो परिवारिक पृष्ठभुमि पढाइ प्रती निकै अब्बल र बौद्धिक जमातको एक अंश थियो । मेरो आमा पुरानो जमनाको भएपनी औंठा छाप लगाउन नपर्ने साधारण लेख पढ गर्न सक्ने हुनु हुन्थ्यो । हामिलाइ पढ्न निकै प्रेरित गर्नु हुन्थ्यो । भनिन्छ बालकको पहिलो पाठसाला घर हो ।

यसैको असली रुप र उपलब्धी मेरो दाजु लोक सेवामा नाम निकाली अधिकृत तहमा कार्यरत हुनुहुन्थ्यो । दिदि पनि मास्टर तहको पढाइ सकाएर लोक सेवाको तयारिमा दिनरात मिहेनत गरिरहनु भएको थियो । म गाउकै एक बिद्यालयमा पढ्दै थिए । म पनि पढाइमा निकै अब्बल नै थिए । आजसम्म परिक्षाको नतिजामा द्रोस्रो भएको रेकर्ड नै थिएन जहिले पनि पहिलो स्थान हात पार्न सफल हुन्थे ।

विस २०६० सालको S.L.C परिक्षाको नतिजामा म प्रथम श्रेणिमा उत्तीर्ण हुन सफल भए । तत्पस्चात हाम्रो परिवारमा मलाइ सहरमा पढाउने निर्णय भयो । म पढ्न बुवासंग बुटवल गए बुवाले मलाइ बुटवल बहुमुखी क्याम्पसमा भर्ना गरिदिनु भयो ।

मैले शिक्षा सङ्काय आइएडबाट मेजर इङ्लिस विषय लिएर पढ्ने निर्णय गर्नुका साथै भविष्यमा शिक्षक हुने ठूलो सपना देखेको थिए । त्यसै अनुरुप सबै बन्दोबस्त कोठादेखि लत्ताकपडा सबै बुवाले नै व्यवस्था गरिदिनु भयो । मेरो कोठा बुटवल क्याम्पस नजिकै गोलपार्क चोकमा थियो । जहाँ प्रति महिना ५०० भाडा तिर्नु पर्थ्यो । बिजुलि पानीको खर्च छुट्टाछुट्टै लाग्ने गर्थ्यो ।

क्याम्पस आउने जाने, मिहनतका साथ पढ्ने प्रकृया चलिरहेको थियो । म कोठामा एक्लै बस्ने र पढ्ने गर्थे । क्याम्पसको पढाइ बिहानमा ६ बजेदेखि सन्चालन हुन्थ्यो, त्यसैले बिहानै उठ्नु पर्ने, सबै साथिभाइहरुसंग चोकमा भेट हुन्थ्यो र जाने आउने क्रम चलिरहेको थियो । दिउसो फुर्सदको समयमा साथी-भाइसंग सम्बन्धित विषयमा कुराकानी भैरहन्थ्यो ।

मेरो कोठामा साथिहरु आउने र म पनि जाने गर्दथे । यो कुनै नौलो कुरा पनि होइन संगै कक्षामा पढ्न थालेपछी साथी भाइ दिनप्रतिदिन बढ्दै जानू स्वभाबिक पनि हो । विद्यार्थी जीवनमा समयले नेटो काटेको थाह हुदैन किनकी यो चक्र हो । त्यसैले प्रथम वर्षको परिक्षा पनि नजिकिदै थियो ।

म कडा मिहिनेतका साथ अन्तिम तयारी गर्दै थिए । त्यति बेला आज भोलिको जस्तो जमना थिएन । एककल फोन गर्न पिसियोमा जानू पर्थ्यो जहाँ S.T.D,I.S.T.D कल उपलब्ध छ, भन्ने बोर्डहरु मात्र चारैतिर पसलमा देखिन्थ्यो । मोबाइलको बल्ल तल्ल बुटवलमा सुरुवात भएको थियो ।

यदाकदा कसैले नोकिया लेखेको सेट बोकेको देखिन्थ्यो त्यही पनि १६०० मोडल पहाडबाट बजारमा झरेको गाउले स्वभाव र पाराको हामी सहरका सबै झिलिमिली मानिसको फेसन मलाइ निकै नौलो थियो । वि स २०६१ साल भदौ महिनाको ६ गतेबाट प्रथम वर्षको परिक्षा सन्चालन हुने टियुले सेड्युल निर्धारण गरेको थियो ।

त्यसै अनुरुप परिक्षा सन्चालन भयो र सबै विषय सकिएपछी केही महिना क्याम्पस बन्द भयो । त्यसैले खालि समयमा कम्प्युटर सिक्न थाले, घरमा आमा, बुवा, दाजु र दिदिले पनि त्यसै अनुरुप सल्लाह दिनु भयो । जस्ले मलाइ उच्च शिक्षा हासिल गर्न उर्जा र थप प्रेरणा मिलिरहेको थियो ।

द्रोस्रो बर्ष अध्ययन गर्दै गर्दा प्रथम बर्षको रिजल्ट पनि आयो जहाँ म लगायत अन्य ८ जना साथि हरु प्रथम श्रेणिमा र अन्य ५० जना द्रोस्रो श्रेणिमा उत्तीर्ण भयौं । जति बेला हर्ष बिस्मात र उमङ्गको कुनै सिमा थियन किनकि उत्तीर्ण हुने सबै गाउँबाट आयका थियौं । त्यसमा धेरै जति गुल्मी अर्घाखाँची प्युठान र बाग्लुङका रहेछौ ।

मेरो उमेर पनि त्यति बेला १७ वर्षको थियो, खासै बाठो नभएपनि चन्चले स्वभाव र सबै सङ्ग बोली परिचय गर्ने खालको थियो । एकदिन क्याम्पसको क्यान्टिनमा खाजा खाने समयमा हामी समसा र मटर खादै थियौं । त्यत्तिकैमा एक जना Intar of Arts प्रथम वर्षमा पढ्ने केटीसँग नजर जुध्न पुग्यो । उस्को मन्द मुस्कान संगै हासो र मेरो हेराइ सायद मोहनी जस्तो बन्यो । त्यो दैवले जुराएको नियती थियो । किनकी उ अर्को टेबुलको पारी पट्टि बस्नुको साथै साथिहरुको समुहमा थिइ ।

म प्रथम श्रेणिमा उत्तीर्ण हुनु, र को रहेछ त्यो सज्जन नामको मान्छे भनेर उस्ले हेरेकि रहेछ । त्यसैले नजर ठोक्कियो मलाइ साथी रोहित बाग्लुङ, क्षितिज प्युठान, समीप रुकुम, दिवस अर्घाखाँचीले के हो ? चाला राम्री देख्न नहुने लाइन दिने भन्दै ठट्टाका साथ जिस्काए, म पनि त्यस्तै हो भन्दै हसोमा हासो थपिदिए ।

दिनका दिन एक आपसमा नजर ठोक्किदै गए मैले पनि उस्को पृष्ठभुमि बुज्ने कोसिस गर्दै थिए । केही हप्तापछि थाह भयो उस्को घर गुल्मीको रिडि रहेछ । उ पनि बुटवलको मिलन चोकमा मामाको घरममा बसेर पढ्ने रहिछे । पढाइमा मध्यम स्तरकै भएपनि सारिरिक रुप र जिउडाल निकै आकर्षक थियो । किनकी उ पनि ब्रहामणकै छोरी नाम समिक्षा रहेछ ।

केही दिनपछि सायद स्मरण भएसम्म २०६२/८/४ मा मलाइ उसैले (लभ लेटर) प्रेमपत्र प्रत्यक्ष दिदै ल है भोलि भेटौला भन्दै बिदा भएकी थिइ । मैले त्यो कुरा साथी भाइलाइ सेयर गरे ठिक छ । प्रोसेस अगाडि बढा ओक्य गर भन्ने सुझाव पाए त्यसै अनुरुप म पनि प्रतिउत्तरको पुन तत्कालै पत्र पठाए ।

त्यस पश्चात् हाम्रो सम्बन्ध दिन प्रतिदिन निकै प्रगाढ बन्दै गैरहेको थियो । यस्मा कुनै स्वार्थ, नियती र शंकाको परिवेस थिएन । थियो केवल भावनामा डुबुल्की खेल्दै गरेको एक १८ वर्षे किसोर किसोरिको सच्चा माया प्रेम एक आपसको संवेग र सहयात्रा मात्र थियो । तैपनि आखिर नजरमा ठोकिएको परेलि र आखाको इसारामा बल्झिएको मायाको बल्झन नै थियो ।

भनिन्छ सम्बन्ध प्रगाढ भैसकेपछि दिनमा भेट स्वभाविक हुन्छ । अन्तर आत्माको मिलन पछि एक आपसको समजदारिमा संभोग कुनै नौलो कुरा होइन । यस्तै यस्तै धेरै चरणहरु हाम्रो किसोर अवस्थामा नै अनुभव भैसकेका थिए । किनकी सधैभरी केटाले भरिने मेरो कोठा उनको र मेरो सम्बन्ध पश्चात् उनको आगमनले साथिहरुको आगमन प्राय ठप्प भैसकेको थियो ।

द्रोसो वर्षको परिक्षा र नतिजा प्रकासन पश्चात् मलाइ उच्च शिक्षा अध्य्यनको लागि विदेश जानू पर्ने दवाव परिवारिक श्रोतबाट आउन थाल्यो । म पनि त्यो नकार्न सकिन म विद्यार्थी भिजामा अध्य्यनको लागि अस्ट्रेलियाको प्रोसेसमा लागे फल स्वरुप सफल भयो, र २०६४ तिर सिड्निको एक विश्वविद्यालयमा अध्ययन गर्न पुगे ।

उनको र मेरो सम्बन्ध सायद यस्तो थियो कि बयान गरेर पुग्दैन दिनमा कैयौ पटक भेटघाटको कुरा छोडौ लिभिङ टुगेदर जस्तो थियो । अधिकांश रात हामी एकै बिस्तरामा अन्तर मिलनको संभोग गरेका थियौ । बयान गर्दै जादा महाभारतको कथा भन्दा पनि लामो हुन जान्छ ।

विदेश यात्राको अन्तिम घडीसम्म संगै मर्ने संगै बाच्ने बाचा कसम थियो । म पनि त्यतिन्जेल यथार्थको गहिराई मै डुबेको थिए । सायद जिन्दगिमा कानुनी रुपमा श्रीमतिको दर्जा दिन नसके पनि नैतिकताको परिधि संगै मेरो मुटुमा बग्ने रगतमा सजाइ रहने छु भन्ने कसम खाएको थिए ।

केही वर्ष अस्ट्रेलियाको अध्ययन र कानुनी प्रक्रिया पूरा गरि त्यहाको पिआर लिन आफ्नो करियर र भविष्य निर्माणको लागि संघर्ष गर्दा गर्दै ८ वर्ष बित्यो । त्यो समयमा मेरो सम्पर्क पनि हराउन पुग्यो किनकी म उहिको एक विश्वविद्धालयमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाली पढाउन थालेको थिए । जुन मेरो जिन्दगिको सपना र लक्ष्य थियो ।

त्यसैले यता समिक्षाको पनि लामो समयसम्म सम्पर्कमा नरहदा र बिहेको लागि उमेर परिपक्व बन्दै जादा बिवाहको लगन गाठो जुरेछ । त्यो पनि मलाइ पत्तो थिएन । तैपनि मेरै गाउको दाइ सङ्ग रहेछ । सिड्निको बसाइ र विश्वबिद्धालयको बिदामा नेपाल आउदा म गाउँमा गए सबै संगको भेटघाटको क्रममा दिपक दाजुको घरमा गए भाउजू आरमै भनी बोलाउदा मेरो पुर्व प्रेमिका संग माघी बिवाह भएको रहेछ ।

तस्पस्चात मनमा असहिय पीडा बोध भयो । मन मनमा विगत नियाल्दा म नै पापी हु जस्तो लाग्छ । किनकी आमा मुनिको हिन्दु सस्कारमा भाउजू हुनुहुन्छ । म कसरी प्रतिउत्तर गरु म आफैले आफैलाइ प्रस्न गरिरहेको छु । प्रश्न पनि अनेक थरिका सृजित हुन पुग्छन ।

म आफ्नो लगामलाइ सहि निसानामा त लगाए तर त्यो किसोर अवस्थाको बैँस पोख्ने भाडो बनाएको समिक्षाको जिन्दगिमा अन्त्तर घाती र पापी हो म भन्दा कसरी सत्य हुन सक्छु । मेरो दिपक दाजु म भन्दा केही महिनाले जेठो भएपनि सस्कारले सिर निहुराइ ढोग गर्नु पर्छ । भाउजुलाइ आमा समान सम्मान गर्नुको रोदन पुनः मैले भाउजू सब्दलाई लगाम लगाउने हो भने सम्बोधन गर्ने कसरी ? म आफैमा बिचलित हुन्छु ।

सिड्निमा मैले उत्पादन गरेका प्रतिभा र तिनको चरित्रपनि मेरो जस्तो नबनोस सायद जिन्दगिका अनेकौ उकाली र ओरालिमा अर्थ बिसायका सामिप्यताहरु सरल बनुन, सहज बनुन, अबोध र सुसस्कृत हुन । भाउजू सब्द आज मलाइ गलाको पासो बन्दा पनि बाध्यता बस उच्चारण गर्न पुगेको छु ।

म गलत र दोषी हु अदालतले फैसला गरेको खण्डमा त्यो निर्णय संगै मैले पाउने सजाय भोग्न तयार छु । जिन्दगिको उतार चडाव कहिले सतह कहिले आन्तरिक गहिराइमा पुग्छ त्यो प्रकृतिको नियम हो । पुर्व प्रेमिकालाइ भाउजू भनी बोलाउनु पर्ने बाध्यता हाम्रो सस्कृती र सस्कारको उपज संगै आपसी अन्तर नाताले छुट्टाइ दिएको मिस्रण हो।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार