गुल्मीमा राष्ट्रिय क्षयरोग प्रिभेलेन्स सर्वेक्षण अभियान सुरु
January 21, 2019 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी माघ ०७।
गुल्मीका गुल्मीमा राष्ट्रिय क्षयरोग प्रिभेलेन्स सर्वेक्षण अभियानको सुरु भएको छ । अभियानको रेसुङ्गा नगरपालिका वडा नम्बर १० बाट सुरुवात गरिएको छ । नेपालमा अझै पनि क्षयरोग लागेका बिरामीको संङ्ख्या थाहा नभएकोले तथ्याङ्क निकाल्नको लागि क्षयरोग प्रिभ्यालेस सर्वेक्षण हुने भएको हो ।

सर्वेक्षणको लागि राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत धिरेन्द्र शाहीको नेतृत्वमा २८ जनाको समुह गुल्मी आएको छ । सर्वेक्षण कार्यक्रमको जिल्ला समन्वय समिति अध्यक्ष लक्षमण पराजुलीले दिप प्रज्वलन गरी उद्घाटन गरे । रेसुङ्गा नगरपालिका वडा नम्बर १० का साविकका वडा नम्बर ३ र ५ का १५ बर्षभन्दा माथिका नागरिमाथि जाँच गरिनेछ ।

सर्वेक्षणको लागि जाँज गराउन आएको व्यक्तिको पहिले एक्सरे गर्ने र फोक्सोमा दाग देखिए उसको खकार जाँच गरि क्षयरोग भए÷नभएको पत्ता लगाइने आयोजकले बताएको छ ।

माघ ७, ८ र ९ गते गरी तिनदिनसम्म गरिने कुल ६०७ जनामाथि सर्वेक्षण गरिने टिम संयोजक शाहीले जानकारी दिए । आयोजकले बढ्दो भिडलाई कम गर्न घर–घरमै पुगेर जाचँ गर्न जाने दिनको कार्ड समेत उपलब्ध गराएको छ ।

जसअन्तरगत माघ ७ गते जाँच गराउनेलाई सेतो, ८ गते जाँच गराउनेलाई निलो र ९ गते जाँच गराउनेलाई पहेँलो रङकोको कार्ड दिइएको रेसुङ्ग नगरपालिकाका स्वास्थ्य सह–संयोजक ओम बहादुर थापाले जानकारी दिए ।

सर्वेक्षणको पहिलो दिन ७ गते कुल २१४ जनामाथि सर्वेक्षण गरिएको छ । जसमध्ये १०४ जनाको खकार संकलन गरिएको छ । संकलित खकारलाई भोलि काठमाडौ पठाउने र दुई हत्तापछि रिपोर्ट आउने थापाले जानकारी दिए । क्षयरोग संक्रमितलाई औषधी समेत पठाउने उनले बताए ।

जिल्लाको रुपाकोटमा माघ ११ गतेदेखि र हर्मिचौरमा १८ गतेदेखि क्षयरोग प्रिभ्यालेस सर्वेक्षण गरिने स्वास्थ्य निर्देशनालय ५ नम्बर प्रदेशका दिनेशकुमार चापागाईले जानकारी दिए । त्यहाँ पाचँ/पाचँ सय जनामाथि सर्वेक्षण गरिने उनले जानकारी दिए ।

‘नेपालमा क्षयरोग लागेकोसम्बन्धी अहिलेसम्म भरपर्दो कुनै तथ्याङ्क छैन ।’ उनले भने, ‘अब तथ्याङ्क संकलन गरिसकेपछि त्यसैअनुसार स्वास्थ्यमा पहँुच पु¥र्याउने सरकारको लक्ष्य छ ।’

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार