चर्चित पत्रकार रवी लामिछानेले कसे निकिता पौडेलसँग लगनगाँठो
January 21, 2019 मा प्रकाशित

साझा नेटवर्क,काठमाडौं माघ ७ ।
चर्चित पत्रकार तथा टेलिभिजनकर्मी रवी लामिछानेले विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् । केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज पौडेलसँग विवाह गरेका हुन् । निकिता यसअघिका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेकाे थियो ।

काठमाडौं जिल्ला अदालतमा सोमबार विहे दर्ता गराएपछि रवीले सामाजिक सञ्जालमा भनेका छन्,‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा विवाह दर्ता गरेका छाैं । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।’

उनले परम्परागत रुपमा आफूहरुले आउँदो बैशाखमा बिवाह गर्ने पनि बताएका छन् । उनले बिबाहको निर्णयबाट दुबैजना खुशी रहेको बताएका छन् ।
स्रोत-रातोपाटि

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार