गुल्मी उद्योग वाणिज्य संघमा बिवाद चुलिदा ३ महिना अधिवेशन स्थगित
January 13, 2019 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी पुष २९ ।
गुल्मी उद्योग बाणिज्य संघमा व्यावसायीहरु बिच बिबाद चुलिदै गएको छ । जसका कारण अधिवेशन समेत स्थगित गर्नुपर्ने अवस्थाको सृजना भएको छ । लामो समयसम्म दलहरुले सहमतिको प्रयास गरेका थिए । तर केहि पदाधिकारी र अन्य सदस्यहरुको भागवण्डा नमिलेपछि तीन महिनाका लागि अधिवेशन स्थगित भएको हो ।

अधिवेशन २७ र २८ पुसको लागि तोकिएको थियो । अधिवेशनको उद्घाटन उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गाल्छाले उद्घाटन गरेका थिए । गुल्मी उद्योग बाणिज्यसंघका अध्यक्ष दुर्गा पाण्डेयले भने निर्वाचन नियमावली बनाउन पर्ने भएकाले अधिवेशन रोकिएको बताए । तर उद्योग बाणिज्य संघमा राजनैतिक हस्पक्षेप बढि भएकाले निर्वाचनमै जानुपर्ने अवस्थाको सृजना भएको व्यावसायीहरुको गुनासो छ ।

‘उद्योग बाणिज्य संघ दलको चंगुलमा फस्यो, जसले धेरै व्यावसायीमा असन्तुष्टि सृजना ग¥यो,‘संघका पूर्व एक पदाधिकारीले भने,’ भागभण्डामै कुरा नमिलेर स्थगित भएको हो ।’ गुल्मी उद्योग बाणिज्य संघमा अधिवेशनको एक साता अगाडी नै अध्यक्ष सहितको धेरै पदाधिकारी र सदस्यहरुमा दलगत सहमति भएको थियो ।

त्यस्तै सदस्य पदका उमेदवार नेत्र पाण्डेयले गुल्मी उद्योग बाणिज्य संघ दलहरुको अखडा बन्दै गएकाले समस्या आएको बताए । ‘कांग्रेस भित्रै बिबाह रह्यो, उपाध्यक्ष सहितको पदमा कुरा मिलेन,’उनले भने,‘ सवै व्यावसायी लज्जित भएका छौ ।

पाण्डेयले निर्वाचनको कार्य तालिका समेत प्रकाशन गरेर अहिले नियमावली खोज्नु नौटंकी नाटक भएको प्रतिक्रिया दिए । यता नेकपा सचिव बुद्धि जिसीले आफुहरुको तर्फबाट कुनै पदमा बिबाद नभएको तर कांग्रेसमा बिबाद भएका कारण सहमति खोज्नैकै लागि तीन महिना स्थगित गरिएको बताए ।

‘कांग्रेस भित्र तत्काल समाधान भेटिएन,’उनले भने,‘ दुई/चार दिनभन्दा तीन महिनानै स्थगित गर्न सुझाव दिएका हौ ।’ बाणिज्य संघमा नेपाली कांग्रेसलाई अध्यक्ष, एक उपाध्यक्ष, महासचिव, सहकोषाध्यक्षसहित बहुमत सदस्य दिने निर्णय भएको थियो ।

नेकपालाई एक उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य दिने दलगत निर्णय भएको हो । तर सहमति कार्यान्वयन नभएपछि निर्वाचन स्थगित भएको छ । पदाधिकारी तहमा यो बिबाद बाहिर ल्याउन नखोजिएपनि धेरैलाई नेतृत्व र दलको यो कदमको बिरोध गरेका छन् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार