गुल्मीको रेसुङ्गा विमानस्थलबाट धुले उडानलाई निरन्तरता दिने तयारी
January 13, 2019 मा प्रकाशित

अनिल खत्री, गुल्मी पुष २९।
गुल्मीको रेसुङ्गा बिमानस्थलबाट छिट्टै धुले उडानले निरन्तरता पाउने भएको छ । रेसुङ्गा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा धुले उडानको लागि केहि निर्माणका काम सम्पन्न हुन साथ धुले उडानले निरन्तरता दिने तयारी भइरहेको निर्माण समिति अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

उनले धुले उडानको लागि नेपाल नागरिक उड्यान प्राधिकरणसँग छलफल भइरहेको बताए । केहि दिन पहिले प्राधिकरण र पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटेर नियमित धुले उडान र आगामी बजेटको लागि छलफल गरेको पन्तले बताए । उडानको निम्ति केहि पुरा गर्नु पर्ने निर्माणको काम बाहेक अन्य समस्या नरहेको अध्यक्ष पन्तको भनाइ छ ।

परिक्षण उडान सम्पन्न भएको छ अध्यक्ष पन्तले भने, ‘धुले उडान निमित गर्नको निम्ति पनि अब छिट्टै सुरु हुन्छ यो मिति बाट अहिले नभनउ । अहिले चलिरहेको निर्माण कार्य सम्पन्न भएपछि मात्रै अरु टावर लगायतका निर्माणको निम्ति बजेट आउने अध्यक्ष पन्तले बताए । परिक्षण उडान पछि नियमित उडानबारे धेरैको चासो वढेको छ अध्यक्ष पन्तले भने, ‘नियमित उडान कसरी गर्ने बारे ध्यान दिइरहेका छौं ।’

नियमित उडानका लागि थुप्रै काम बाँकी भएको सुनिल समिर निर्माण सेवाका प्रमुख नारायण पोखरेलले बताए । उनले अहिलेसम्म वेस निर्माणकै काम भएकाले रनवे, टावर, ग्राभेल र सुरक्षाको काम त्यतिकै रहेको बताए । ती सवैको लागि ठूलो रकम आबश्यक पर्ने बताए । बन्दै गरेको बिमानस्थलले गुल्मीवासी धेरै खुसि पनि जगाएको छ ।

एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न गरे पनि नियमित उडान भने हुन सकिरहेको छैन् । विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटनमन्त्री प्रदिप ज्ञवालीले सुरुवात गरेका थिए । निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा निकै लामो समय लाग्यो ।

पुनः ज्ञवाली मन्त्री बनेकै बेला गएको जेठ २७ गते आफ्नै उपस्थितिमा परिक्षण उडान पनि भयो । निर्माण कार्यशुरु भएको झण्डै १२ वर्ष पछि तारा एअरको बिमानले धुले परिक्षण उडान गरेको थियो । धुले उडानले स्थानियमा ठूलो खुसि र आशा जगाएको थियो ।

परिक्षण उडानका लागि पोखराबाट आएको तारार एअरको विमानमा चालक दलका सदस्य सहित ९ जनाको टोली सवार थिए । कुल १८ जना यात्रु अटने विमानले परिक्षण उडान गरेको थियो ।

परिक्षण उडानपछी तारा एअरका चालक दलका क्याम्पटेनहरुले पानी परेको समय बाहेक अन्य समयमा धुले उडानको गर्न सकिने बताएका थिए । विमानस्थल निर्माण कार्य अन्तिम चरण पुगेर परिक्षण उडानले गुल्ममेलीहरुको जहाज चढ्ने सपना पुरा हुने आशा पलाएको छ ।

तर कहिलेबाट सुचारु होला भन्ने स्थानियमा जिज्ञासा पनि उत्तिकै रहेको छ । गुल्मीमा ०३६ सालबाट विमानस्थल सञ्चालनमा ल्याउनको लागि छलफलहरु भएपनि त्यसले मूर्त रुप पाउन सकेको थिए ।

धेरै छलफल र चर्चा परिचर्चापछी मात्रै ०६३ सालबाट गुल्मीमा विमानस्थल सञ्चालन गर्न आधिकारिक सुरुवात भएको थियो । ५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ ।

विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ । विमानस्थलको ७८ रोपनी १० आना भन्दा क्षेत्रफल रहेको छ ।
कुल क्षेत्रफल मध्ये करिब ५६ रोपनी सार्वजनिक जग्गा छ । निर्माधिन विमानस्थलमा हाल सम्म ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको रेसुङ्गा बिमानस्थल समितिका अध्यक्ष पन्तले बताए ।

विमानस्थल निर्माण लागि हालसम्म करिव १४ करोड वढि खर्च भइरहेको छ । विमानस्थल नियमित सञ्चालन भएपछि जिल्लाको पर्यटन प्रवद्धनमा टेवा पुग्ने स्थानियको भनाइ छ । गुल्मीबाट नियमित जहाज शुरु भए वर्षातको समयमा बुटवल नजिकै रहेको सिद्धबाबाको पहिरोको जोखिममा यात्रुलाई झेल्नु नपर्ने स्थानिय वासीको तर्क रहेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार