स्याङ्गजा सहयोग समाज, कतारको अध्यक्षमा अजमत अलि
January 13, 2019 मा प्रकाशित

अर्जुन पौडेल,कतार ।
स्याङ्गजा सहयोग समाजको चाहना –बिशुद्द सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ स्थापना भएको स्याङ्गजा सहयोग समाज कतारको सम्पन्न सातौ साधारणसभाले अजमत अलिको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
गत ११ जनवरी २०१९ का दिन कतारको कर्नेश समुन्द्रबिच डुंगामा सम्पन्न, जसमा अलिको नेतृत्वमा २२ ससस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कतार का अध्यक्ष नबिन पोखरेलको प्रमुख अतिथित्व तथा संस्थाका तत्कालिन अध्यक्ष धनन्जय लम्सालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ् । शुभकामना मन्तब्यका क्रममा बोल्दै पोख्रेलले कतारमा छरिएर रहेका स्याङ्गजालीलाई एकत्रित गरेर खोलीएको संस्था निरन्तर सामाजिक सेवामा सक्रिय रहेको भन्दै खुसी ब्यक्त गरे । साथै पोख्रेलले आघिल्लो कार्यसमितिलाई बधाई तथा धन्यवाद दिदै नव निर्वाचित हुने कार्यसमितीले पनि संस्थाको गरिमा उच्चराख्दै सबै संग हातेमालो गरेर आगाडी बढ्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा प्रदेश नम्बर ४ , गण्डकी प्रसेशका सम्पूर्ण जिल्लाहरुका तर्फबाट तनहु सेवा समाज का अध्यक्ष केश गुर्छाने मगर ,सम्पूर्ण इकाईको तर्फबाट हरिनस इकाइका प्रमुख हुत बहादुर गुरुङ , संस्थाका संस्थापक उपाध्यक्ष पूर्ण के.सी, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष गुरुनायारण रानाभाट, सल्लाहकारहरु बिल बहादुर गुरुङ, टुकराज अर्याल, भेषराज पराजुली,माया केसी, कमल राज रेग्मी, खड्का नेपाली लगाएतले समाज लाई हर सम्भव सहयोग गर्ने प्रतिबद्दता का साथ् सुभकामना मन्तब्य राखेका थिए ।
गण्डकी प्रदेश का जिल्ला संस्थाहरुबाट प्रतिनिधित्व गर्दै लमजुङ सेबा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, पर्वत सेवा समाज का महासचिब शेषराज तिमल्सिना, गोर्खा सेवा समाज का उपाध्यक्ष राजेश्वर ढकाल, कास्की आदर्श सेवा समाज का अध्यक्ष विश्वबन्धु थापा ,मितेरी फिल्म साँस्कृतिक परिवार का संरक्षक प्रेम राज रिजाल, समाजसेवी रेशम राना, समाजसेवी नारायण ढुंगाना, समाजसेवी तथा सिटी एक्सप्रेस का कन्ट्री म्यानेजर सुरेन्द्र लम्साल लगायत बिशेस आथित्य रहेको थियो |

स्याङ्गजा सहयोग समाजका मातहतका इकाई समितीहरु तथा भिभिन्न बिभागहरुको ब्यापक उपस्थितिमा रहेको कार्यक्रममा सांस्कृतिक बिभाग का संयोजक शिवराम ढकाल सहित को टिमले गित संगीत मार्फत थप मनोरंजन गराएको थियो भने कार्यक्रममा स्याङ्गजाली चेली टौमाया गुरुङ ले स्याङ्गजा जिल्ला को चिनारी स्वरूप जिल्ला का पर्यटकीय स्थानहरुलाई समेटेर आफ्नै अभिनयमा छायांकन गर्नु भएको डकुमेन्ट्री एल्बम –“स्याङ्गजाली नानी-चुलबुले बानी” को बिमोचन गरिएको थियो ।

संस्थाका उपाध्यक्ष घनश्याम अर्याल (जैशी)को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब अर्जुन घिमिरेले गरेका थिए । समाज मा सक्रियका साथ् लागि पर्दै सामाजिककाममा उच्च योगदान पुर्याउनु हुने बिशेष व्यक्तित्व हरु तथा विभिन्न तबरबाट समाजलाई सहयोग पुर्याउने सम्पूर्णलाई प्रमुख अतिथि को हात बाट सम्मान पत्र द्वारा सम्मान गरिएको थियो | खुला सत्रको अन्तमा समापन गर्दै संस्था का अध्यक्ष धनन्जय लम्साल ले आफ्नो कार्यकाल मा अहोरात्र खटेर सहयोग गर्नु हुने संस्था का संस्थापक , सल्लाहकार , कार्य समिती का पदाधिकारी हरु साथै सम्पूर्ण कतार बासि स्याङ्गजाली दाजु भाई दिदी बहिनि हरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै नयाँ बन्ने कार्य समितिलाई अग्रीम सुभकामना दिएका थिए ।

निर्वाचन समिती का संयोजक बिल ब. गुरुङले अध्यक्ष लगायत समितिका प्रथम उपाध्यक्ष घनश्याम जैसी दितीय उपाध्यक्ष सुर्य प्रकाश अर्याल, तृतीय उपाध्यक्ष प्रकाश परिवार, महा-सचिव शिवराम ढकाल, सचिव टेक बहादुर नेपाली ,कोषाध्यक्ष माधव लुइँटेल ,सह कोषाध्यक्ष सोम प्रकाश मानन्धर,सदस्यहरु पूर्ण बहादुर नेपाली, टौमाया गुरुङ ,चोलाकान्त बि.क. कल्याण पौडेल, धन बहादुर बि.क.(बराल) ,दिवान सिंह सिंजाली मगर ,भागिरथ पौडेल, रोशन न्यौपाने, हुत बहादुर क्षेत्री , शेख नज मिया , केशव कुमार न्यौपाने , पुष्पलाल लम्साल, हर्क बहादुर रोका , सिकन्दर अलि लगाएत लाई पद तथा गोपनियता को शपथ ग्रहण गराउनु का साथै सफल कार्यकाल को सुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार