अन्ततः विवेकशिल साझा पार्टी फुट्यो
January 11, 2019 मा प्रकाशित

काठमाडौ, पुष २७ ।
विवेकशील साझा पार्टी फुटेको छ । साझा पार्टीका दुई जना संयोजक मध्ये एक संयोजक उज्वल थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता दिएका छन ।

पार्टी ३७ जना केन्द्रीय समितिमा रहेका मध्ये अहिले १६ जना ले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका छन् । रञ्जु दर्शना सहित प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल रहेका छन् ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ उल्लेख गरिएको छ । थापाले केही दिन अघि मात्रै पार्टी गलत बाटोमा हिँडेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ पार्टी गठन गरेका हुन् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार