गुल्मीमा राष्ट्रिय परिचय पत्र वितरण हुँदै
January 11, 2019 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी पुष २७।
राष्ट्रिय परिचय पत्र वितरण हुने भएपछि गुल्मेली नागरिक खुसी भएका छन् । राष्ट्रिय परिचय पत्र वितरण हुने १५ जिल्लामा गुल्मी पनि परेको छ । पहिलो चरणमा नेपाल सरकारको निति बमोजिम व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण सहितको राष्ट्रिय परिचय पत्र ५ नं प्रदेशका गुल्मी र कपिलवस्तुमा वितरण गर्ने कार्यक्रम राखेको नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका निर्देशक शिवराज जोशीले बताए।

सोहि अभियानका क्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र सरकारी कार्यालयका प्रतिनिधी तथा राजनैतिक दल एवं सरोकारवालासंग बिभागले शुक्रबार छलफल तथा अन्तक्रिया गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले परिचय वितरणलाई छिटोभन्दा छिटो अगाडी बढाउनुपर्नेमा जोड दिए । यो बिषयले सवै नागरिकमा खुसीको संचार गरेकाले अभियान व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाका सवै निकाय, वर्ग तथा समुदाय तयार रहेको पराजुलीले बताए ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले यो कार्यक्रम जिल्लामा जतिसक्दो संचालनको तयारी भएको बताए । उनले अहिले स्थानीय तह र सरोकारवालासंग पहिलो संवाद भएको र सवै सकरात्मक भएकाले चैत अथवा बैशाखबाट अभियान संचालन हुने बताए । कार्यक्रममा विभागका निर्देशक जोशीले नयाँ पत्रिकासंग कुरा गर्दै व्यक्तिको जैविक तथा वैयक्तिक विवरण र विद्युतिय चिप एवं सुरक्षण सहितको परिचय पत्र भएको बताए ।

प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गरी त्यसको प्रतिफल स्वरुप राष्ट्रिय परिचय पत्र वितरण गर्ने निती रहेको सरकारको रहेको बताए । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र र पन्जिकरण विभागको संगठनात्मक एकीकरण भएका छन् ।

त्यसपछि गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागले परिचय पत्र वितरण प्रारम्भिक चरणमा पाँचथर जिल्लाबाट काम शुरु गरेको हो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन र सूचना प्रणालीको माध्यमबाट गुणस्तरीय सार्वजनिक सेवा तथा शान्ति, सुरक्षा र सुशासन प्रर्वद्धन गर्ने उदेश्य रहेको जोशीले बताए । राष्ट्रिय परिचय पत्र लागु भइसकेपछि विभिन्न सरकारी एवं अन्य सेवा सुविधासंग आवद्ध गरी नागरिकलाई ई—सर्भिस गराउन सकिनेछ ।

सार्वजनिक सेवा सुविधा ई—सर्भिससंग आवद्ध भई पेपरलेस सेवा सुविधा उपलब्ध हुने अपेक्षा सरकारको छ । सुरक्षित र आधिकारीक तथ्यांक र विवरण सहितका सेवाहरु सहजरुपमा पाउन सकिने छ ।

जसबाट कर, राजश्व छली लगायका आर्थिक अनियमितामा नियन्त्रण हुने, तथा बैदेशिक रोजगारको क्षेत्रलाई समेत सुशासित तुल्याउन मद्दत पुग्ने, मुलुकमा सुशासन कायम हुने उनले बताए ।

गुल्मीमा १२ स्थानीय तह, ९३ वडा र दुई लाख ८० हजार दुई सय ६० जनसंख्या रहेको छ । भने १६ बर्ष माथीको जनसंख्या एक लाख ६८ हजार छ सय २८ रहेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार