काँग्रेस प्यूठानका पुराना नेता केसर बहादुर जिसिकाे निधन
January 11, 2019 मा प्रकाशित

साझा नेटवर्क,प्यूठान पुष २७ ।

नेपाली काँग्रेस प्यूठानका पुराना नेता केसर बहादुर जिसिकाे ८२ वर्षको उमेरमा आफ्नै निवास झिमरुक ५ मच्छिमा निधन भएकाे छ । २०४६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहदै आएका जिसी गाउँ सभापति,जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत रहेका थिए । जिसीको आजै अन्तिम संस्कार गरिदै छ । दागबत्ती दिनु अघि कांग्रेस प्यूठानका सभापति अमर प्रसाद भण्डारिले जिसीको पार्थिव शरीरमा पार्टीको झण्डा अाेडाउनु भएकाे थियाे । श्रद्दान्जली दिनको निम्ति सभापति भण्डारी सहित कांग्रेस नेता सुवास केसी,शालिकराम पण्डित,देवेन्द्र बर्मा,प्रमोद पोखरेल सहित थुप्रै नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जिसीको निधनले पार्टीलाई ठुलो क्षेती पुगेको कांग्रेस महाधिबेसन प्रतिनिधि प्रमाेद पाेखरेलले बताए । जिसीका तिन छोरा र एक श्रीमती रहेका छन् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार