मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
January 10, 2019 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी पुष २६ ।
अर्घाखाँचिमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जादैँ गरेको लु १४ प ८२१० नम्बरको मोटरसाईकल ओरालोमा अनियन्त्रित पल्टेको थियो ।

दुर्घटनाबाट प्युठानको मालदेवी गाउँपालिका २ का २३ बर्षिया भरत पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार भएको दुर्घटनामा घाइते भएका पौडेललाई साझँ नै उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो ।  उपचारको क्रममा साझँ आठ बजे उनको ज्यान गएको असई विष्णु खनालले जानकारी दिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार