नेपाल तामाङ समाज जापानले सोनाम ल्होछार फेव्रुवरी १७ मा मनाउने
January 10, 2019 मा प्रकाशित

सजिना मोक्तान,टोकियो,पुष २६।

तामाङ समुदायले प्राचीनकालदेखि मान्दै र मनाउँदै आएको सोनाम ल्होछार अर्थात् नयाँवर्ष फेरिने दिन एक उत्सव तथा पर्व पनि हो । तामाङ प्रथम चन्द्र महिनाको प्रथम दिन ख्रेला छेपा गी (माघ शुक्लपक्ष प्रतिपदा) तामाङ भाषामा नयाँवर्ष उत्सवलाई ल्होछार भनिन्छ । यसरी नै नेपालमा यही पर्वलाई ह्योल्मो,शेर्पा तथा तिब्बती समुदायहरुले लोसारको रुपमा हर्सोल्लासकासाथ मनाउदै आएका छन् । यहाँ तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात १२ वर्षे चक्रलाई बुझाउँछ । तामाङ परम्परामा ल्होले सम्बत, वर्ष, उमेर,आदि इत्यादिलाई जनाउँछ । हरेक वर्ष यो चक्रले एक–एक ल्हो फेर्छ । यहि ल्हो तामाङ समुदायले माघ महिनामा फेर्छ भनेर सदियौंदेखि मानि आएको छ । किन भने यसै बेला आदिवासी थारु तथा मगर जातिको पनि माघि पर्व पर्दछ । यसपाली खी ल्हो कुकुर वर्षको बिदा गर्ने र १२ औँ ल्हो डोवा/डवा /फाग [बँदेल] ल्हो को  स्वागत गर्ने हुन्छ । तामाङ भाषामा नयाँवर्ष उत्सवलाई ल्होछार भनिन्छ ।

ऐतिहासिक प्राचीन तामाङ सम्वत ल्हो वर्षचक्र अनुसारको नयाँ वर्ष पर्वभन्दा हामी तामाङले माघ महिनामा ल्हो फेर्छ भन्ने मान्यताका आधारमा नेपालमा तानाशाही जहाँनिया राणा शासन पछिका ३० वर्षे पञ्चायति निर्दलीय व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी भएको सांस्कृतिक अधिकारको स्थापनाका तामाङ आन्दोलका दौरानमा राज्यको संरक्षण अभाव महसूस नगरेको होइन लगभग बिलाई सकेको अवस्थामा करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनामोहन अधिकारीको कार्यकालमा नेपालको राष्ट्रिय पर्वको सूचीमा सूचीकृत भई सोनाम लोसार÷तामाङ ल्होछार पर्वले राज्यबाट ल्होछार मान्नेहरुका लागि भनेर पहिलो चोटी राष्ट्रिय पर्वको मान्यता प्राप्त राष्ट्रिय पर्व पनि हो ।

तामाङ समुदायको सोनाम ल्होछार नयाँवर्ष पनि यही हो । राष्ट्रीय पर्वका रुपमा मान्यता दिएको भएपनि अघिल्लो वर्षवाट ल्होछार पर्वमा दिइने विदा कटौती गर्नुले राज्य आदीवासी जनजातीहरु प्रति संवेदनशील नभएको कुरा वुझ्न सकिन्छ । त्यसैले आजको हाम्रो अभियान हाम्रो पुर्खाले जोगाइरहेको संस्कार र संस्कृतिलाई जीवित राख्न पनि निरन्तरता दिनु हो । यसैगरी सदाको वर्षहरुमा झै यसपाली पनि “सोनाम ल्होछारको प्रवर्धन हाम्रो साँस्कृतिक अभियान,ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान” भन्ने नाराका साथ यहि आउँदो फेव्रुवरी १७ तरिख अर्थात् माघ ३ गते टोकियोको मेगुरो कुमिन सेन्टर हलमा भव्य ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न गर्ने भएको छ। कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा ख्याति प्राप्त सेलो गायक रोज मोक्तानको साथमा स्थानीय कलाकारहरुको समेत साँगीतिक प्रस्तुति रहने तामाङ समाज जापानका महासचिव हिमाल लामा वाइवाले वताए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार