देउसी खेलेको पैसाले खेल मैदान निर्माण
January 8, 2019 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी पुष २४ ।
धेरैले देउँसी भैलो खेल्ने र संकलन भएको पैसाले वनभोज खाने गर्छन् । तर मुसिकोटको समाबेसी वाल क्लवले नमूना काम गरेर देखाएको छ । क्लबले गत कार्तिक महिनामा देउँसीभैलोबाट संकलन भएको पैसाले खेल मैदान निर्माण गरेको छ ।

यो समाजिक कामको गत्तिलो नमुना हो । क्लवले मुसिकोट नगरपालिका ३ जलुकेमा खेल मैदान निर्माण गरेको क्लबका संरक्षक सुनिल न्यौपानेले बताए । तिहारमा पाँच दिनसम्म देउँसीभैलो खेलेर रकम जम्मा गरेको न्यौपानेले बताए ।

‘हामी पनि पिकनिक जान सकिन्थ्यो, तर त्यसो गरिएन, गाउँमा खेल मैदानको अभाव छ,’उनले भने,‘सवैको सल्लाहमा सामाजिक कामको नमुना प्रस्तुत गरियो ।’ समाबेसी वाल क्लवको ५० हजार र मुसिकोट नगरपालिकाको ५० हजार गरि कुल एक लाखको लागतमा खेल मैदान निर्माण गरिएको खेल मैदान निर्माण समितिका अध्यक्ष दुर्गा बहादुर खड्काले बताए ।

समाबेसी बाल क्लव २०७३ सालमा स्थापना भएको हो । खेल मैदान निर्माण भएपनि गाउँका सानाखाले सवै खेल संचालन गर्न सकिने अवस्था रहेको क्लवले जनाएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार