दाङ देउखुरी सेवा समाजको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा बस्नेत
January 5, 2019 मा प्रकाशित

साझा नेटवर्क, दोहा ।
“दाङ देउखुरीको चाहना प्रवासमा सभ्य र सुरक्षित रोजगारको कामना” भन्ने मूल उद्धेश्य बोकेर सन् २०१२ मा स्थापना भएको दाङ देउखुरी सेवा समाज दोहा कतारको चौथो साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार कतारको दोहा स्थित टपफर्म रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष बसन्तराज पुरी सभापतित्व तथा प्रमुख सल्लाहकार लुमाकान्त पुन प्रमुख आतिथि रहेका थिए ।

त्यस्तै समाज कतारका वरिष्ठ सल्लाहकार गणेश बन्जाडे, अर्जुन खड्का, प्रमुख सल्लाहकार सुर्य सुवेदी, गैर आवासीय नेपाली संघ समन्वय परिषद कतारका सचीव रामजी खत्री, प्रवासी मञ्च कतारका उपाध्यक्ष द्रोण बस्नेत, नेपाली जनसम्पर्क समिति कतारका कार्यबाहक सभापति शंकर न्यौपाने, अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारका अध्यक्ष देव परियार, नेपाली एकता समाज कतारका अध्यक्ष हेमन्त वाईबा, प्रदेश नम्बर पाँच समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष अख्तर हुसेन विशेष अतिथि रहेका थिए ।

त्यसैगरी समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, नवलपरासी सेवा समाजका संरक्षक केवि हमाल, गुल्मी सेवा समाजका सचिव कमल अर्याल, प्युठान सेवा समाजका अध्यक्ष बलदेव राना, अर्घाखाँची सेवा समाजका कोषाध्यक्ष विष्णु कुवर लगायत कतारमा क्रियासिल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै कतारमा रहेका दाङ वासीहरुको उल्लेख उपस्थिति रहेको थियो ।

विधिवत रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रम समाजका महासचिव लिलाधर आचार्यको संचालन रहेको थियो । साथै समाजका प्रथम उपाध्यक्ष हेम बहादुर बस्नेतले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार गणेश बन्जाडेले सस्थाको पृष्ठभुमिको बारेमा प्रकाश पारेका थिए । त्यस्तै कमल अर्याल, डिल्लीराम भट्टराई, विष्णु कुवर, राम्जी खत्री, हेमन्त वाइवा, अन्तर्राष्ट्रिय नेपाली समाज देव परियार शंकर न्यौपाने, द्रोण बस्नेत लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने अधिकांश व्यक्ताहरुले सस्था स्थापना देखी आजसम्म गरेको सामाजिक कार्य तथा सस्थाको बारेमा खुलेर चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले संस्थाको आर्थिक सहयोगमा जिल्लामा एम्बुलेन्स संचालन गर्ने, एम्बुलेन्समा संस्थाको नाम रहने जानकारी दिए । कुनैपनि संस्था अभ्याससंगै परिपक्व हुने र दाङ देउखुरी सेवा समाज कतारले अहिलेसम्म कसैले पनि औंला उठाउने काम नगरेको बताउँदैे विशुद्ध सामाजिक संस्थाको रुपमा संस्थाको निरन्तरताबाट भाबी पुस्तालाई केही सिकाउनु पर्छ भन्ने बारेमा सोच्न आम दङ्गालीहरुलाई आग्रह गरे ।

कार्यक्रममा समाजका महासचिव लिलाधर आचार्यले सस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निरज पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै समाजका साँसकृतिक विभागका कलाकार प्रशान्त परियार, सजाना स्वर्णकार लगायतले गित तथा नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा आजिवन सद्स्यता प्रदान एवम् आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । सोहि अवसरमा समाजलाई आर्थिक तथा विशेष सहयोग पुराउने विभिन्न व्यक्तिहरु, कलाकार तथा पत्रकार द्वय कुमार अविरल एवम् मणि लामा सम्मानित भए ।

कार्यक्रमको अन्त्यमा सभापति बसन्तराज पुरीले आफ्नो कार्यकाल सफल बनाउनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने दङ्गाली तथा गैर दङ्गालीलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

साथै उक्त साधारणसभाले पुरानो कार्यसमिति बिगठन गरी हेमबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रथम उपाध्यक्षमा छबिलाल बुढाथोकी, द्वितीय उपाध्यक्षमा लिलाधर आचार्य, महासचिवमा मिनराज पुन, सचीवमा रणबहादुर केसी, कोषाध्यक्षमा केशव बुढामगर, सह–कोषाध्यक्षमा मनिषा खड्का, सदस्यहरुमा नारायण थापा, मणिरत्न तुलाधर, राजन चापागाई, गोपाल पोखरेल, बसन्त कुवर, छबिलाल परियार, जीवन संसार, उषा परियार, देवा अधिकारी, सुर्यबहादुर कठाएर, मान बहादुर डागी, जीवन बुढामगर, मन्जु सिंह, गोपाल सुवेदी, साजना स्वर्णकार, सत्य बहादुर पुन रहेका छन ।

त्यस्तै प्रमुख सल्लाहकारमा बसन्तराज पुरी, वरिष्ठ सल्लाहकारमा अर्जुन खड्का, गणेश बन्जाडे, कमलमणि गुरागाई, सूर्य सुवेदी, लुमाकान्त पुन सहितको सल्लाहकार समिति समेत गठन गरेको छ ।

 

 

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार