कतारमा स्याङ्जा हरिनासको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
December 29, 2018 मा प्रकाशित

साझा नेटवर्क, कतार पुष १४ ।
बैदेशिक रोजगारीको सिलसिलामा कतारमा बसोबास गर्दै आइरहेका स्याङ्जाबासीहरुको साझा सामाजिक सस्था स्यांग्जा सहयोग समाज कतारले आफ्नो स्थापना काल देखि कतारमा रहेका नेपालि समाज र स्वदेशको गृहजिल्लामा विभिन्न सामाजिक गतिबिधि गरु गर्दै आइरहेको छ।

“स्यांग्जा सहयोग समाजाको चाहना, बिसुद्द सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ २००५ मा कत्तारमा स्थापित यस सस्थाको नेपालको संघिय संरचना अनुसार जिल्लामा अवस्थीत स्थानीय संरचनाअनुसार आफ्नो इकाइहरु गठित गर्दै कतारमा रहेका स्याग्जाबासीहरुलाई एकै ठाउमा समेट्दै सामाजिक काम हरु गर्दै आइरहेको छ।

स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेन गरि स्थापित इकाइहरु स्थापना गर्ने क्रममा साबिकका ५ ओटा गाबिसहरु चिसापानी, क्याक्मी, किचनास, चिन्नेबास र चित्रेभन्ज्याङलाइ समायोजन गर्दै नया संरचनामा आधारित हरिनास इकाई गठन गर्न सफल भएको छ ।

साबिकका यी ५ वोटा स्थानीय संरचना मातहतका कतारमा रहेका हरिनासका बासिन्दाहरुको अथक प्रयास पश्चात अधिकतम रुपमा सबैलाई समेट्दै हिजो मिति २८ डिसेम्बर २०१८ शुक्रबारका दिन कतार स्थित नान्ग्लो नेपालि रेस्टुरेन्ट,मैजारको सभाहलमा एतिहासिक प्रथम अधिबेसन सम्पन्न गरेको छ।

लामो समय देखि कतारमा कार्यरत हरिनास निबासी अग्रज सामाजिक ब्याक्तिव तथा निबर्तमान चिसापानी इकाइका अध्यक्ष कृष्ण बहादुर छेत्रीको सभापतित्वमा सम्पन्न भएको अधिबेसनमा प्रमुख अतिथिको रुपमा स्याङ्जा सहयोग समाज कतारका बर्तमान अध्यक्ष धनन्जय लम्साल साथै बिशेस अतिथिहरुमा स्याङ्जा सहयोग समाजका सस्थापक सदस्य तथा पूर्व अध्यक्ष गुरु नारायण रानाभाट, सस्थापक सदस्य तथा बर्तमान सल्लाहाकार भेसराज पराजुली, सल्लाहाकारहरु प्रेम नेपालि, कमल रेग्मी, स्याङ्जा सहयोग समाज कतारका बर्तमान उपाधक्ष्यद्वय अजमत अलि र घनश्याम जैसी , युवा समाजसेवी पदम गिरी र मितेरी समाजका संरक्षक प्रेम रिजाल,हरिनास निबासी सामाजिक अभियान्ता तथा प्रखर बक्ता रेशम राना यसैगरी बिशेस अतिथिका रुपमा क्याक्मी निबासी दिपक बि क र निबर्तमान क्याक्मी अध्यक्ष बि, शेखा बि क रहनुभएको थियो ।

यसैगरि अतिथिको रुपमा स्याङ्जा सहयोग समाजका इकाईका प्रमुखहरुको उपस्थिती थियो। डोल बहादुर गोतामेले संचालन गर्नुभएको उक्तकार्यक्रममा स्वागत मन्तब्य अधिबेसन संयोजक हुत बाहादुर क्षेत्री ज्युले राख्नु भएको थियो । ब्यानर अनावरण गर्दै नेपालि रास्टिय गान बाट सुरु भएको कार्यक्रममा बिसेष अतिथि तथा प्रमुख अतिहिथिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

मन्तब्य दिने क्रममा बिशेस अतिथि रेशम रानाज्युले साबिकका क्षेत्रहरुलाई एउटा इकाइमा समेट्ने क्रममा सबै भेगका व्यक्तिहरुलाई समेटेर सबैलाई सर्बमान्य हुने सबल कार्यसमिति चयनहुन लागिरहेको जानकारी गराउनुभयो साथै उहा आफै आयोजक मध्येको एकजना व्यक्ति रहनुबहेको हुदा बहुमतीय भन्दा सहमतीय प्रणालीबाट सर्बसम्मत रुपमा नया कार्यसमिति चयन हुन लागेको बताउनुभयो ।

साथै अधिबेसनबाट चयन भएर आउने सम्पूर्ण कार्यसमितिहरु आपसमा जुटेर सिंगो हरिनासको बिकासमा समान रुपमा अग्रसर हुन आग्रह गर्नुभएको थियो । यसैगरि मन्तब्यको क्रममा बिशेस अतिथिहरू भेषराज पराजुली र गुरु नारायाण रानाभाट ज्युहरुले स्याङ्जा सहयोग समाज तत्कालिन स्थापना समयमा भोगनुभएको अनुभब हरु र त्यस समय देखि अहिलेसम्म आउदा स्यांजा सहयोग समाज कतारको सामाजिक अस्तित्वको बारेमा प्रस्ट्याउनुभएको थियो र अधिबेसन आयोजक समितिलाई धन्यबाद दिदै बन्न लागेको नया कार्यसमितिलाई अग्रिम शुभकामना ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख आकर्षक प्रमुख अतिथि स्याङ्जा सहयोग समाज कतारका अधक्ष्य धनन्जय लम्साल ज्यु आफै पनि उक्त हरिनास निबासी हुनुहुन्थ्यो र उहाले मन्तब्य दिने क्रममा नब गठित कार्यसमितिले सिंगो हरिनासको सामाजिक,सास्कृतिक तथा आर्थिक बिकासको कोसे ढुंगा साबित हुने बिस्वास व्यक्त गर्नुभयो र नब गठित कार्यसमितिलाई सुझाबस्वरूप सबै तह तप्कालाइ समेटेर सस्थाको उधेस्य अनुरुप सामाजिक गतिविधिहरु गर्दै अधिकतम साझा बन्न आग्रह गर्नुभयो ।

उहाले एतिहासिक अधिबेसनलाइ भब्य र सव्य रुपमा सफल बनाउन बिशेस भूमिका खेल्नुहुने हरिनास निबासी सामाजिक अभियान्ताहरु कृष्ण क्षेत्री . रेशम राना, हुत बहादुर क्षेत्री, सोम मानन्धर, दिपक बि क, शेखा बि क र जिबन गिरी लगायत सम्पूर्ण आयोजक कमिटीलाई बिशेस धन्यवाद ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति कृष्ण बहादुर क्षेत्रीज्युले साबिकका इकाइ हरुले सुरु गरेका र बाकि रहेका अभियानहरु र जिम्मेवारी पनि नब निर्बाचित टिमको रहेको र यस कार्यकाल लाइ सबल र सक्षम बनाउदै सफल बनाउन सबै हरिनासबासीहरुले एकजुट भएर लाग्न अनुरोध गर्नूभयो साथै । यस अधिबेसन सफल बनाउन प्रयक्ष अप्रतक्ष्य रुपमा सहयोग गर्नुहुने सम्पूर्णहरुमा धन्यबाद दिदै नब निर्बाचित समितिको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यस एतिहासिक प्रथम अधिबेसनबाट अध्यक्षमा कुसल समाजिक ब्याक्तित्व हुत बहादुर क्षेत्री, उपाधक्षमा पुस्प लम्साल र चन्द्र बहादुर बि क, महासचिबमा कुल नारायण मानन्धर (राजेस)सचिबमा यम बहादुर राना, कोषाध्यक्षमा चेत प्रसाद सिग्देल, सह कोषाध्यक्षमा नरेश थापा, सदस्यहारुमा क्रमस रुप नारायण श्रेष्ठ, होम बहादुर थापा ललित बि क, चित्र बहादुर गुरुङ, सुर्य थापा, ओमनाथ पौडेल, तेज प्रसाद भण्डारी, सन्तोष बि क, धाम नारायण मानन्धर,लाल नारायण मानन्धर र नर बहादुर राना र बाकि सदस्यहरु कार्यसमितिको पहिलो बैठकबाट मनोनित हुने गरि २१ कार्यसमिति चयन भएको थियो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार