तिलु शर्मा पौडेलको अभिनयमा सार्वजनिक भयो “माया माया”
December 29, 2018 मा प्रकाशित

काठमाडौं, पुष १४ ।
नेपाली सांगीतिक क्षेत्रमा बिगत केही समय देखि निरन्तर सक्रियता देखाउदै आएका गायक हुन धुर्व जिसि । भर्खरै मात्र सांगीतिक बजारमा धुर्व जिसि र देबि घर्तिको आवाजमा माया माया नामक गीत सार्बजनिक भएको छ ।

नकुल ढकाल नबिनको लय तथा शब्द सिर्जना भएको माया मायाको संगीत समायोजन वरिष्ठ गायक इन्द्र जिसिले गरेका छ्न भने म्युजिक भिडियो अनुप बानियाँको छायांकन र भुपेन बानियाँको निर्देशन/सम्पादनमा तयार भएको हो ।

कृयटिभ मिडिया प्रोडक्सन बेनि ले बजार ब्यबस्थापन गरेको उक्त गीतको म्युजिक भिडियो मा सुनिल बानियाँ,सिमान्त बानियाँ,साथिहरु र तिलु शर्मा पौडेल को पनि उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

बिगत १ दशक देखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत तिलु सांगीतिक क्षेत्रमा केही गीतहरूमा मात्रै मोडल को रूपमा देखिएका छ्न् तर उनी नेपाली सांगीतिक क्षेत्रमा हुने सबै क्रियाकलापको एक असल शुभचिन्तक, असल दर्शक तथा श्रोता बढी हुन यो उनको नेपाली सांगीतिक क्रियाकलाप प्रतिको चासो चिन्ता सल्लाह सुझाव र कमेन्ट लेख सहितका विभिन्न पोस्टहरुबाट पनि स्पष्ट हुन्छ ।

रघुगङ्गा गाउपालिका २ भगवती म्याग्दीका स्थायी बासिन्दा शर्मा मोना कतारको बरिस्ठ उपाध्यक्ष, नबोदित साहित्य बाचनालय कतारको महासचिव संगै राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान कतार शाखाको सचिवालय सदस्य समेत हुन भने वसन्त फिल्मस प्राली काठमाडौका केन्द्रिय सदस्य समेत रहेका छ्न् । यश अगाडि उनले अभिनय गरेको पन्चेबाजा गीत ओरालिमा वर र बगर फाटैमाले पनि राम्रो प्रतिक्रिया पाएका थिए ।