अन्तराष्ट्रिय सम्बन्ध सुमधुर बनाएका छौँ : मन्त्री ज्ञवाली
December 29, 2018 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी पुष १४ ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सुधार गरेको बताएका छन् । छिमेकी मुलुकका साथै विश्वका अन्य मुलुकहरुमा समेत नयाँ र नेपालको हितमा सम्झौता गरेकोले अन्तराष्ट्रिय सम्बन्ध सुमधुर रहेको दाबी गरे ।

गृहजिल्लाव गुल्मीस्थित रेसुङ्गा बहुमुखी क्याम्पसको ३६ औँ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । आफुले भर्खरै मात्र जापान र अमेरिकाको भ्रमण गरी नेपालको पक्षमा महत्वपूर्ण सम्झौता गरेको उनको भनाई छ ।

जापानले नेपालबाट पनि कामदार लैजानु, भारतमा बिजुली बेच्न पाउनु लगायतका उपलब्धि नेपालका लागि महत्वपूर्ण भएको उनको भनाई छ । ‘जापानले नेपाली कामदार लैजाने भएको छ, अमेरिकाले पनि सामानमा छुट दिने भएको छ ।’ मन्त्री ज्ञवालीले भने, ‘नेपाल अब विकासको बाटोमा प्रवेश गरेको छ ।’

त्यसका साथै चीनसँग यातायात पारवाहनसम्बन्धी सम्झौता गरेकोले नेपालीले अब कहिल्लै नाकाबन्दीको सामना गर्नुनपर्ने उनले दाबी गरे । परराष्ट्रमन्त्री ज्ञवालीले यो पाचँ बर्षे स्थायी सरकार भएकोले नेपालले विश्वको ध्यान आकर्षण गरिरहेको बताए ।

‘विगतका बर्षहरुमा नौ महिनामा सरकार फेरिन्थ्यो, जसले गर्दा अन्तराष्ट्रियस्तरमा नेपालको छवि सोचेजस्तो थिएन । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तर अहिले स्थायी सरकार छ, विश्वले नेपाल नियलिरहेको छ ।’ पछिल्लो समय छिमेकी मुलुकहरुले अनावश्यक नेपालमाथि अनावश्यक हस्तक्षेप गर्न पनि छाडेको उनले दाबी गरे ।

‘सरकार गठन हुँदा नेपालको नीति विदेशको संसदमा छलफलको एजेण्डा बन्थ्यो ।’ उनले भने, ‘तर अहिले स्थिर सरकार गठन भएसँगै त्यो अवस्थाको अन्त्य भएको छ ।त्यसका साथै नेपालले विकास निर्माणलाई प्राथमिताका दिएको समेत उनको भनाई छ । सरकारले धमाधम विकासका काम गरिरहेको छ, केहि समयपछि नजिता आउनेछ ।

मन्त्री ज्ञवालीले भने, ‘यो सरकारको कार्यकालभर नेपाली जनताको जिवनस्तर उकासिनेछ ।’ नेपाल अबको तिब बर्षभित्र अति कम विकसित मुलुकबाट माथि उठ्ने पनि उनले दाबी गरे । त्यस्तै सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य सरकारको रहेको उनले जानकारी दिए ।

लडाई गरिबीविरुद्धको

मन्त्री ज्ञवालीले अब आफूहरुको लडाई गरिबी, अशिक्षा, बेरोजगार, अन्याय तथा अत्याचारविरुद्धको भएको बताए । संसदभित्र सत्तापक्ष र प्रतिपक्ष हुन संसदको नियम भएपनि देश विकास गर्ने कुरामा सबै राजनीतिक दल एक हुनुपने बताए । ‘संसभित्रको नियम एक ठाउँमा छ, त्यहाँ जुनसुकै विचार राख्ने अधिकार हुन्छ ।’

उनले भने, ‘तर देश बनाउने कुरामा आउनुस, सँगै हातेमालो गरौँ ।’ अब सर्टिफिकेट बाकसमा राखेर पासपोर्ट बोकि म्यानपावरको ढोका धाउनुपर्ने बाध्यताको पनि छिट्टै अन्त्य गरिने उनल दाबी गरे ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार