गायक तथा सर्जक ताराबिर पाण्डेको स्वरमा सजिएको “तिम्रो माया” सार्वजनिक
December 28, 2018 मा प्रकाशित

देवेन्द्र केसी, पुष १३।
नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक,संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको “तिम्रो माया”गीतको भिडियो सार्वजनिक भएको छ ।

ताराबिर पाण्डे स्टुडियो यमन प्रालिका संचालक पनि हुन् । उनले म्युजिक यात्रा २०५८ साल देखि सुरु गरेका थिए भने अहिले सम्म २५० भन्दा बढी गीत गाइसकेका छन् ।

चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर,देवी चरण भण्डारीको शब्द, योगेश काजीको संगीत र संगीत संयोजन भएको उक्त गीतको भिडियोमा कलाकारहरु मधु न्यौपाने र बिना दंगालको निकै राम्रो अभिनय हेर्न पाहिन्छ ।

भिडियोको छायांकन अर्जुन सापकोटाको रहेको छ । निर्देशन सुन्दर लाओतीले गर्नु भएको छ । भिडियोको सम्पादन तुलसी बास्कोटाको रहेको छ । गीतको भिडीयो बूढासुब्बाको युटुब च्यानलबाट बजारमा आएको हो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार