वडाध्यक्ष र प्रअमाथि हातपात गर्ने नेताद्धारा आत्मालोचना
December 26, 2018 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी पुष ११ ।
गुल्मीको मालिका गाउँपालिका ५ का वडा ध्यक्ष, जमल पोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक माथि हातमात गर्ने नेताले आत्मालोचना गरेका छन् ।

नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिव रेखाकुमार जिसीले आत्मालोचना गरेका हुन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहितको बैठकले काङ्ग्रेस नेता जिसीले आत्मालोचना गर्ने सहमति भएको छ ।

काङ्ग्रेस नेता जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र खड्का र विद्यालयका प्रध्यानाध्यापक ढुन्डिराज अर्यालमाथि पौष ९ गते हातपात गरेका थिए ।

विद्यालयको बैठक सकेर बाहिर निस्किएका बेला एक्कासी काङ्ग्रेस नेता जिसी आई बैठकको माइनट र निर्णय माग्दै हातपात गरेको विद्यालयले जनाएको छ ।

नेता जिसीले प्रध्यानाध्यापक अर्यालको हातबाट जबरजस्ति विद्यालयको चाँबी खोसेको र वडाध्यक्ष गिरिको स्यामसुम मोबाइल खोसि फुटालेको स्थानीय ओम कार्कीले जानकारी दिए ।

साँझको समयमा एक्कासी जिसीले मदिरा सेवन गरी विद्यालयको समुहमाथि हातपात गरेको कार्कीले आरोप लगाए । घटनाको विषयमा मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित बैठक बसेपनि निष्कर्ष भने निस्कन सकेको थिएन् ।

तर बुधबार बसेको बैठकबाट जिसीलाई स्थानीय विकास निर्माणका काममा समेत सहभागि गराउने सहमति भएको छ । भने तम्घास आउँदा–जाँदा लागेको खर्च पनि काङग्रेस क्षेत्रिय सचिव जिसीले नै ब्यहोर्ने सहमति भएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार