कतारमा “माघ्या सकराटी” पर्व मनाइने
December 21, 2018 मा प्रकाशित

बिजय कुमार मगर, कतार ।
नेपाल मगर संघ, शाखा कतारको आयोजनामा आगामी १८ जनवरी २०१९ का दिन संघका केन्द्रिय प्रथम उपाध्यक्ष अभिमत पुन मगरको संयोजकत्वमा समाल पब्लिक गार्डेनमा मगरहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड माघ्या सकराटी २०१९ लाई “नेपाली कला तथा संस्कृतीलाई संरक्षण र सम्बर्द्धन गरौं, मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी २०१९ लाई भब्यताका साथ सफल पारौं ।” भन्ने नाराका साथमा “माघ्या सकराटी-२०१९ को सु अवसरमा बनभोज तथा बिबिध सांस्कृतिक कार्यक्रम २०७५” आयोजना गरी बृहत जनमानसको सहभागितामा सम्पन्न गरिने भएको छ ।

उक्त कार्यक्रममा नेपालवाट अतिथि कलाकारहरु नेपाल मगर साँस्कृतिक संघ, नेपालका सचिव (चर्चित लोकदोहोरी गायक/संगितकार/मोडल) डोलराज बाह्रघरे मगर र लोकदोहोरी गायिका रञ्जिता थापा मगरको कतारमा प्रथम पटक उपस्थिति भई उहाँहरुको बिशेष आकर्षक प्रस्तुति रहने छ ।

नेपाल मगर सांस्कृतिक परिवार, कतारका कलाकारहरु बाट पनि प्रस्तुतीहरु सालैजो, कौराह, सोरठी ,झ्याउरे, हुर्रा, भुम्या, टप्पा, फिल्मी गित, मारुनी लगायत अन्य विविध नेपाली तथा मगर सस्कृति झल्काउने किसिमका सांस्कृतिक प्रस्तुतीहरु रहने जानकारी संयोजक अभिमत पुन मगरले दिनु भयो ।

खेलकुद कार्यक्रम तर्फ बनभोजमा उपस्थित हुने जनमानसको मनोरञ्जनका लागि महिलाको लागि म्यूजिकल चेयर र पुरुषका लागिमा डोरि तान्ने प्रतियोगिता रहेको छ भने बिगतका बर्षहरुमा झैं यस बर्ष पनि नेपालमा मगरहरुको राजा चुन्ने परम्परा रहेको र कतारमा पनि उक्त परम्परा पनि कायम रहि आएकोले मगरहरुको लागि २०१९/२०२० का निमित्त सांस्कृतिक बाङ (राजा) पनि दौड प्रतियोगिता गरेर छनौट गरिनेछ ।

कार्यक्रमका जान आउनका लागि दोहा, सनैया, अलखोर, सैलिया, सहानियाँ, अबुहमर, बक्रा, उमसाईड बाट यातायातको साथमा खाना नास्ताको ब्यवस्था गरिएको छ भने सहभागिताहरुको सहजताको लागि प्रबेश शुल्क पुरुषको लागि क.री. ५० र महिलाको लागि क.री. ३० राखिएको जानकारी संयोजकज्यूले दिनु भयो ।

स्मरणरहोस् बिगतका बर्षहरुमा कतारमा रहेको नेपाली समुदाय मध्ये बृहत जनमानस जमघट हुने कार्यक्रम, माघ्या सकराटी हो र पहिलेका बर्ष झैं यस पटक पनि बनभोज कार्यक्रममा सहभागी भई भरपूर मनोरञ्न लिई नेपाली समुदायले मनाउने चाड माघे सक्रान्तिलाई सब्य र भब्य रुपमा सफल पार्नका लागि आदरणिय कतारबासी दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दै आयोजक समितिद्वारा आह्वान गरिएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार