दैनिक १ घण्टा हिडेर कार्यालय पुग्ने वडा अध्यक्ष भन्छन् ‘सेवा लिने होइन सेवा दिनुपर्छ’
December 21, 2018 मा प्रकाशित

अनिल खत्री, गुल्मी पुष ६।
झण्डै २० वर्ष लामोे प्रतिक्षा पछि स्थानिय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष पुरा भएको छ । निर्वाचन पछि जनप्रतिनिधीले जनताहरुलाई धेरै सपनाहरु बाडे । कतिपय जनप्रतिनिधीहरु आश्वासनहरु पुरा गर्न लागि परे भने कतिपय बिवादित पनि बन्दै आएका छन् । केहि जनप्रतिनिधीहरु भने अनुसार कामको थालनी पनि सुरुवात गरेका छन् ।


तर केहिले राज्यको सम्पती समेत निजि कामको लागि पनि दुरपयोग गरेको भन्दै बिवादित बनि रहेका पनि छन् । गुल्मीका एउटा यस्तो जनप्रतिनिधी छन् जसले राज्यबाट पाउने सुबिधालाई जनता माथी व्ययभार थपिने भन्दै नलिने बताएका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिजयकुमार मरासिनीले भने यातयातको सुबिधा नलिने बताएका हुन् । राज्यबाट लिन मिल्ने भएपनि उनले निजि काममा प्रयोग गर्ने परिपाटीलाई अत्य गर्न भन्दै यातयातको सुबिधा नलिने बताएका हुन् ।


निर्वाचित भएको डेढ वर्ष बिति सक्दा सम्म उनि हिडेरै वडा कार्ययलय आउने गरेको बताए । उमेरले ५० वर्ष पुगेका वडा अध्यक्ष मरासिनी कहिलेकाहि भाडाको सवारी साधान चढेर पुग्ने गरेको बताए । धेरै जसो हिडेरै कार्यालय जाने गर्दछु मरासिनीले भने,‘कहिलेकाहि आफन्तको र भाडाका सवारी साधन मार्फत जाने गर्दछु ।’ वडा कार्यायल पुग्न प्रत्येक दिन १ घण्टा लामो यात्रा गर्नु पर्ने मरासिनीले बताए ।

कार्यालय पुग्न दैनिक १ घण्टा हिडेने गरेका वडा अध्यक्षले आफुले सुबिधा लिदा जनतामाथी नै व्ययभार थपिने भन्दै यातयातको लागि मोटर साइकल नचढ्ने बताएका हुन् । जनताको सेवाको लागि निर्वाचित भएका हौं वडा अध्यक्ष मरासिनीले भने,‘व्यक्तिगत कामको लागि किन सुबिधा लिने ।’

जनतको सेवाको निम्ति निर्वाचित भएपछि सेवा मुखि भन्दा पनि सेवा दिने हिसावले आफुले काम गर्ने अठोटका साथ अगाडी बढि रहेको बताए । उनले आफुले सेवा लिन भन्दा पनि निश्वार्थ हिसावले वडा वासिको हित र सेवाको लागि निर्वाचित भएकाले वडा र सेवाग्रहीमाथी आर्थिक व्ययभार कम गर्नु मुख्य उदेश्य रहेको बताए ।

निर्वाचनको बेला गरिएका प्रतिबिद्धताहरु पुरा गर्नु र वडा वासिको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यता आफुमा राखेर काम गरिरहेको बताए । लोकप्रियता कमाउन भन्दा पनि साच्चिकै आर्थिक व्ययभार काम गरेर अधिकतम वडाबासीको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यता आफुमा रहेकाले यातयात खर्च कटैती गरेको मरासिनीले बताए ।

उनले वडा भित्र भएका योजनाहरुको अनुगमन तथा कार्यक्रमहरुमा पुग्दा व्यक्ति गत र भाडाको साधान मार्फत पुग्ने गरेको बताए । हिडेरै धेरै ठाउँमा पुग्ने गर्दछु उनले भने, ‘बोलाएको कार्यक्रममा कहिल्यै ढिलो पुग्ने गरेको छैन् ।’ अहिले वडा कार्यालयमा एउटा पनि मोटरसाइकल नभएको मरासिनीले बताए । कार्यालय प्रयोजनको लागि मात्रै किन्ने सोचमा रहेको उनको भनाई छ ।

कार्यालय प्रयोजनको लागि किनिने सवारी साधान निजि कामको लागि प्रयोग गर्न नदिने बताए । वडा अध्यक्षले १ सय २५ सिसीको झण्डै ३ लाख सम्मको मोटरसाइकल किन्न पाउने व्यवस्था रहेको छ ।

कार्यालय कामको लागि १ हजार सम्मको तेल र अरु मर्मत खर्चहरु पनि पाउने व्यवस्था अन्य नगर गाउँमा रहेका वडा अध्यक्षहरुले सुबिधा प्रयोग गर्दै आएका छन् । व्यवस्था अनुरुप खर्च गर्ने भन्दा पनि कतिपय वडा अध्यक्षहरु निजि कामको लागि प्रयोग गरेर राज्यकोषको दुरपयोग पनि गरिरहेका छन् ।

लामो समयसम्म जनप्रतिनिधी बिहिन अबस्थाबाट चलिरहेकाले केहि व्यवस्थित तरिकाबाट जनतालाई काम गर्ने परिपाटी बसाल्न नै पहिलो एक वर्ष बितेको वडा अध्यक्ष मरासिनीले बताए । उनले आफ्नो वडामा केहि ठूला खालका योजनाहरु सुरुवाति चरणमा रहेको बताए ।

वडामा साना खालका कामहरु पुरा हुँदै गएको र ठूला सिंचाई तथा खानेपानी, मोटरबाटो जस्ता कामहरु सुरुवाती चरणमा रहेको बताए । आफ्नो वडा भित्र एउटा सुबिधा सम्पन्न अस्पताल खोल्नको लागि जग्गा खोज्ने क्रममा रहेको वडा अध्यक्ष मरासिनीले बताए ।

वडाभित्र वातावरणिय पक्षलाई मध्यनजर राखेर घर तथा सार्बजनिक स्थलहरुमा घरहरुलाई र मानवलाई समेत क्षती गर्ने गरि जोखिम अबस्थामा रहेका रुखहरु हटाउन कार्य पनि थालिएको मरासिनीले बताए । काम भन्दा पनि सुरुवाति चरणमा सिस्टम बसाल्न नै गाह्रो पर्ने भएकाले काममा ढिलाई भएको बताए ।

उनले चुनावी प्रतिबद्धताहरु अबको अबधीमा सबै पुराहुने बताए ।
निर्वाचनको बेला भाग्यले अध्यक्षले बनेका मरासिनीले आफ्नो वडामा नमूना काम गरेर छोड्ने बताए । उनि आफना प्रतिषपर्धीसँग बराबर मतका कारण गोला पर्थाबाट निर्वाचित भएका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार